एकै दिन ६ हजार बढि दर्शनार्थीले गरे पाथीभराको दर्शन



ताप्लेजुङ । हरेक वर्ष ताप्लेजुङमा रहेको पाथीभरा मन्दिरको लाखौँको संख्याले दर्शन गर्ने गर्दछन् । बाह्रै महिना मन्दिरको दर्शन गर्न सकिने भएपनि विशेषगरी पाथीभरामा दशैँको समया दर्शनार्थीको घुँईचो लाग्ने गर्दछ ।

नवरात्र सुरु हुने वित्तिकै देखि दर्शनार्थीको उपस्थिति उल्लेख्य मात्रा हुने गर्दछ भने फुलपातीको दिन शनिबार मात्रै ६ हजार ४ सय ६० दर्शनार्थीले दर्शन गरेको मन्दिरका कर्मचारी राजेन्द्र महतले बताउनु भयो ।

पुजारीले दर्शनार्थीको घुँईचो लागेकाले राति १२ बजेबाट नै पुजा गरेको पुजारी डिल्ली आचार्यले बताएका छन् । पाथीभरामा आफुले माग गरेको कुरा पुरा हुने भएकाले पनि एकपटक मात्रै नभएर तिर्थालु पटक पटक आउने गरेको बताउँछन् ।

ताप्लेजुङ सदरमुकाम फुङलिङबाट काफ्लेपाटीसम्म यातायातका साधन र त्यसपछिको साढे चार किलोमिटर पदैल यात्रा गरेपछि आस्थाकी देवी पाथीभराको मन्दिरसम्म पुग्न सकिन्छ । हिँडन् नसक्नेहरु भरियाको साहाराले मन्दिर पुगेर दर्शन गर्ने गर्दछन् ।

३ हजार ७ सय ९४ मिटर उचाईमा रहेको पाथीभरा मन्दिरको दर्शन गरेमा मनोकाँक्षा पुरा हुने एव्म मागेको कुरा पाईने धार्मिक विश्वास भएकाले पनि दर्शनार्थीको घुँईचो लाग्ने गर्दछ ।

तिर्थयात्रीको बाक्लो उपस्थितिले यातायात व्यवसायी एवंम होटल व्यवसायीको व्यस्तता बढेको छ भने आम्दानीको समेत राम्रो स्रोत बनेको छ ।

तस्विरः एलिना दियाली

प्रकाशित मिति : 11:35 am

रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सुरु

ताप्लेजुङ । ताप्लेजुङ सहित कोशी प्रदेशका सञ्चारर्कीलाई दिइने चार दिने

सानिमा बैंक ताप्लेजुङद्धारा कक्षा ११ र १२ को छात्रवृतिका लागि आवेदन आह्वान

रेडियो काबेलीताप्लेजुङ । सानिमा बैँक ताप्लेजुङले जिल्लाका कक्षा ११ र

फुङ्लिङ नगरपालिकाकाद्वारा सडक मर्मत गरिदिन तमोर इनर्जीलाई आग्रह 

सौगात विष्ट ताप्लेजुङ, असोज २३ गते । फुङ्लिङ नगरपालिकाले तमोर इनर्जी

सिदिङ्वा गाउँपालिका–२ का पूर्व वडा अध्यक्ष मृत अवस्थामा फेला

ताप्लेजुङ असोज २३ गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–२ सादेवाका पूर्व

माथिल्लो ताप्लेजुङ भ्रमण दशक २०८२–९२ आह्वान

ताप्लेजुङ, असोज २२ गते । माथिल्लो ताप्लेजुङ भ्रमण दशक आह्वान