सहायक प्रजिअ भट्टराईको “ठाँटीको घाम” विमोचन




ताप्लेजुङ । ताप्लेजुङका सहायक प्रमुख जिल्ला अधिकारी एवंम साहित्यकार टङ्क भट्टराईद्धारा लिखित उपन्यास “ठाँटीको घाम” विमोचन (सार्वजनिक) भएको छ । आईतबार ताप्लेजुङमा एक कार्यक्रमका बिच उपन्यासको विमोचन गरिएको हो । खोटाङमा जन्मि हाल काठमाडौँको बुढानिलकण्ठमा घर भएका भट्टराई ताप्लेजुङलाई कर्मभुमि बनाएर काम गर्दै आएका छन् भने उनि साहित्यमा उत्तिकै सक्रिय छन् ।

उनको यस अघि “साँझमा पारिलो तारा–२०६७” कविता संग्रह, “म पनि बग्दै छु साप्सु –२०७३” कथा संग्रह प्रकाशित भई सकेका छन् भने भट्टराईले आफ्नो तेस्रो कृतिका रुपमा “ठाँटीको घाम”लाई पाठक सामु ल्याएका हुन् । यस अघिका कृतिमा पाएको पाठको माया,हौसला र उत्प्रेरणाले नै आफुले तेस्रो कृति ल्याउन सफल भएको लेखक भट्टराईको भनाई रहेको छ ।


विमोचन कार्यक्रममा साहित्यकार शान्तिराम नेपाल र पत्रकार महासंघ ताप्लेजुङका अध्यक्ष आनन्द गौतमले उपन्यासमाथि समिक्षा गरेका थिए । नेपालले उपन्यासमा गोठालाको कुरा, सिक्किमको प्रेम, धामिमा विश्वास गर्दा ज्यान गुमाउँदाको पिडादायी अवस्था, गाउँमा रोजगार नभएर अरब जाने युवाको सपना, द्धन्द्धको कुरालाई सरल र मिठास तरिकाले प्रस्तुत गरिएको बताए । साथै उनले समग्र उपन्यासमा ग्रामीण सरल भाषा शैली, ठ्याक्कै गाउँकै लवजले उपन्यासलाई अझ ओझपुर्ण बनाएको बताए ।


त्यस्तै अर्का समिक्षक गौतमले पत्रकार,सुरक्षाकर्मी,जनप्रतिनीधि एवम्् समग्र व्यक्तिको लागि उपयुक्त उपन्यास भएको बताए । उपन्यासमा देशको चिन्ता,समाज भएका झैझगडालाई कसरी मिलाउने, सफल नेतृत्व भयो भने समाज र देशको परिवर्तन सम्भव हुने कुरा रहेकोले समाजमा सकरात्मक परिवर्तन ल्याउन पुस्तकको महत्व रहेकाले सबैले पढ्नुपर्ने समेत गौतमको भनाई थियो ।
लेखक भट्टराईले अहिलेको निरास युवा पुस्तामा केहि आशा जगाउँदै समाज परिवर्तनको लागि योगदान गर्ने उद्देश्यले उपन्यास लेखेको र यस्ले अँध्यारोबाट उज्यालो तिरको यात्रामा थप योग्दान पुग्ने विश्वास आफ्नो रहेको बताए । साथै उनले यस अघिका कृतिमा जस्तै पाठकको माया,हौसला,सल्लाह एवंम् सुझाव पाउने विश्वास व्यक्त गरे ।


“ठाँटीको घाम” उपन्यास रत्न पुस्तक भण्डारले प्रकाशन गरेको हो भने उपन्यासमा ५२ वटा खण्ड रहेको छ भने २४५ पृष्ठ रहेको छ । कार्यक्रम कञ्चनजंघा साहित्य प्रतिष्ठान ताप्लेजुङका अध्यक्ष कमल भट्टराईको अध्यक्षतामा भएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिती ताप्लेजुङका प्रमुख छिरिङ लामा सहित विभिन्न स्थानीय तहका प्रमुख एवंम् उप–प्रमुख, प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङ्, सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रमुख एव्म प्रतिनीधि, साहित्यकार, शिक्षक, विधार्थी, तथा पत्रकारहरुको उपस्थिति रहेको थियो । भट्टराईद्धारा लिखित “ताप्लेजुङको शिरैमा सेतो जुहार” बोलको गित पनि बजारमा आउन लागेका छ ।

प्रकाशित मिति : 1:42 pm

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन

तिम्बुङ अन्तर्राष्ट्रिय ट्रेल रनमा सञ्जय राई प्रथम

ताप्लेजुङ, भदौ २६ गते । तेस्रो अन्तर्राष्ट्रिय तिम्बुङ ट्रेल रन

स्थापना दिवसमा याःलाङ (फोटो फिचर) 

ताप्लेजुङ, भदौ २१ गते । किराँत याक्थुङ चुम्लुङको ३८ औँ

प्रेस युनियन ताप्लेजुङको अध्यक्षमा फुरुम्बो

ताप्लेजुङ, भदौ २१ गते । नेपाल प्रेस युनियन ताप्लेजुङको अध्यक्षमा

ताप्लेजुङ गोल्डकपको भाग्यमानी दर्शक विशाल लिम्बू 

ताप्लेजुङ, भदौ २० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाका विशाल लिम्बू