मैवाखोलाका पहिरो पीडितलाई अस्थायी आवास गृह हस्तान्तरण



ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाका पहिरो पीडितका लागि निर्माण गरिएको ६५ वटा अस्थायी एकीकृत आवास गृह पीडित परिवारलाई हस्तान्तरण गरेको छ । सोमबार पालिका अध्यक्ष विजय प्रकाश वनेम, उपाध्यक्ष कमलकुमारी लिम्बू र सहायक प्रमुख जिल्ला अधिकारी टंकबहादुर भट्टराईले संयुक्त अस्थायी एकीकृत आवास गृह सम्बन्धित पीडित परिवारलाई हस्तान्तरण गरेका हुन् ।

पालिका अध्यक्ष वनेमका अनुसार अस्थायी एकीकृत आवास स्थल निर्माणका लागि दातृ निकाय तथा बिभिन्न संस्था र व्यक्तिहरू मार्फत ५५ लाख ९२ हजार ७ सय ७० रुपैयाँ सहयोग प्राप्त भएको साथै टोल विकास संस्था, विद्यालय र समुदायका सदस्यहरू मार्फत श्रमदान सहित ६८ लाख १ हजार र गाउँपालिकाको २६ लाख ६० हजार १७ रुपैयाँ गरी कूल १ करोड ५० लाख ५३ हजार ७ सय ८७ रुपैयाँको लागतमा एकीकृत अस्थायी आवास स्थल निर्माण गरिएको हो ।
 
औसतमा एउटा अस्थायी आवास कक्ष निर्माणका लागि २ लाख ३१ हजार ५ सय ९६ रुपैयाँ ७२ पैसाको दरले खर्च भएको समेत पालिकाले जनाएको छ । उनका अनुसार मैवाखोला गाउँपालिका वडा नं. ४ ओदकका ६२ परिवार र ताम्राङका २ परिवार र वडा नं. ३ का एक परिवार गरी अस्थायी एकीकृत आवास स्थलमा ६५ परिवार रहेका छन् । ६५ मध्ये ६३ परिवार शेर्पा समुदायका र २ परिवार लिम्बू समुदायका रहेको पालिकाले जनाएको छ ।

आवास गृह हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष वनेमले तत्काल अस्थायी आवास स्थल मार्फत सुरक्षित स्थानान्तरण गरिएको र पछि दीर्घकालीन स्थानान्तरण गर्ने योजना बनाइएको जानकारी बताए । आवास स्थलमा ५ जना सम्म सदस्य भएका परिवारका लागि ३६ वटा,८ जना सम्म सदस्य भएका परिवारका लागि २३ वटा र १२ जना सम्म सदस्य भएका परिवारका लागि ६ वटा अस्थायी घर बनेका छन् । आवास स्थलमा ३६ वटा शौचालय र १८ वटा धारा निर्माण भएको गाउँपालिकाले जनाएको छ । आवास गृहमा खानेपानी र पानीको समेत व्यवस्था गरिएको छ ।

साउन ७ गतेबाट निर्माण कार्य सुरु गरी २ महिनाको अवधिमा असोज ७ गते अस्थायी आवास गृह निर्माण सम्पन्न भएको र सोमबार हस्तान्तरण गरिएको हो ।

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार १४:०७

फुङलिङमा यातायात र शैक्षिक संस्थामा अबरोध तथा बन्द गर्न नपाईने

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका क्षेत्र भित्र आज (शुक्रबार)

फुङलिङ नगरपालिकाद्धारा असल बुहारी सम्मान

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिकाले असल बुहारीलाई सम्मान गरेको

अखिल क्रान्तिकारी ताप्लेजुङको अध्यक्षमा अनिता पन्दाक निर्वाचित

रेडियो काबेलीताप्लेजुङ । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ताप्लेजुङको

उहिलेको तिज

अर्पना बुढाथोकीताप्लेजुङ । अहिलेका दिदीबहिनीहरुले आधुनिक तिज मनाइरहेको बेलामा मलाई

हरितालिका तीजको महिमाः उपवास र हालको सृगांरिक पक्षले ल्याउन खोजेको समानता

ई.वीरेन्द्र श्रेष्ठताप्लेजुङ । हरितालिका तीज सनातन धर्म भित्रको एक विशेष