ताप्लेजुङ गोल्डकपको उपाधि रेडहर्षलाई 



ताप्लेजुङ । प्रथम ताप्लेजुङ गोल्डकपको उपाधि रेडहर्ष फुटबल क्लब इलामले हात पारेको छ । बुधबार सम्पन्न भएको फाइनल खेलबाट जुट विकास फुटबल क्बल इटहरी, सुनसरीलाई १–० गोलअन्तरले पराजित गर्दै इलामले उपाधि हात पार्न सफल भएको हो ।

खेलको ३२औं मिनेटमा सरन बस्नेतले गरेको गोल नै इलामको लागि जितको निर्णायक बन्यो । विजेता बनेसँगै इलामले नगद ३ लाख ११ हजार १ सय ११ रुपैँया सहित ट्रफि, मेडल र प्रमाण–पत्र प्राप्त गरेको छ । 

यस्तै उपविजेता बनेको सुनसरीले भने १ लाख ५१ हजार १ सय ११ रुपैयाँमा चित्त बुझाएको छ । सुनसरीले सेमिफाइनलमा पथरी ११ फुटबल क्लब मोरङलाई र ईलामले रेडस्टार फुटबल क्लब बिर्तामोड झापालाई ट्राईबेकरमा समान ५–४ गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेका थिए । 

खेल गत भदौ १४ गतेबाट लाखे जात्रा सञ्चालन समिति तथा जिल्ला फुटबल संघले संयुक्त रुपमा आयोजना गरेको हो । लाखेजात्राको अवसरमा भानु जन माध्यमिक विद्यालयको मैदानमा भएको खेलमा भारतका १ सहित ८ टिमको सहभागिता रहेको थियो ।

वि.सं. २०२९ सालबाट लाखेजात्राको अवसर पारेर विभिन्न नामबाट खेलाइँदै आएको खेल यसपालि ताप्लेजुङ गोल्डकपको नाममा सञ्चालन गरिएको हो । यसअघि पाथीभरा गोल्डकपको रुपमा चौथो संस्करणसम्म खेलाइएको थियो । 

लाखेजात्रासँगै खेलकुदका माध्यमबाट जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने, बजारलाई चलायमान बनाउने, नयाँ प्रतिभाको खोजी गर्ने, अग्रजको सम्मान र इतिहासलाई बचाइराख्ने उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरिएको लाखे जात्रा सञ्चालन समितिका अध्यक्ष गुरुङले बताउनुभयो ।

प्रकाशित मिति : 1:54 pm

तिनजुरे–मिल्के क्षेत्रमा पर्यटन तथा समन्वय कार्यक्रम सुरु 

ताप्लेजुङ, वैशाख २८ गते । जिल्ला समन्वय समिति महासङ्घको आयोजनामा

तिनजुरे–मिल्के क्षेत्रमा दुईदिने पर्यटन तथा समन्वय कार्यक्रम हुँदै

ताप्लेजुङ, वैशाख २९ गते । तेह्रथुमको वसन्तपुरमा तिनजुरे–मिल्के–जलजले क्षेत्रको पर्यटन

डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रमा आजबाट निःशुल्क शिविर

ताप्लेजुङ, वैशाख २४ गते । ताप्लेजुङको डिचेन डोङ्गला स्मारक आँखा

पाथीभरा याङवरकको प्रतिभा प्रस्फुटन कार्यक्रममा टेकेन्द्र खरेल बने प्रथम

ताप्लेजुङ वैशाख २४ गते । पाथीभरा याङवरक गाउँपालिकामा भएको प्रतिभा

दोभान बजारमा निःशुल्क आँखा स्वास्थ्य शिविर : ५९ जनाको शल्यक्रिया 

ताप्लेजुङ, वैशाख २२ गते । ताप्लेजुङको दोभान बजारमा सञ्चालन गरिएको