ताप्लेजुङ स्तरीय फिडे रेटिङ राउण्डरोबिन बुद्धिचाल प्रतियोगितामा गुरुङ भए प्रथम



ताप्लेजुङ । ताप्लेजुङ स्तरीय फिडे रेटिङ राउण्डरोबिन बुद्धिचाल प्रतियोगितामा राजकुमार गुरुङ प्रथम हुनु भएको छ ।

१० जना रेटेड प्लेयर सहभागी भएको खेलमा ९ अङ्क प्राप्त गर्दै गुरुङ प्रथम हुनु भएको ताप्लेजुङ बुद्धिचाल संघले जनाएको छ । संघका अनुसार प्रतियोगितामा चन्द्र मादेन दोश्रो र जीवन मादेन तेश्रो हुनु भएको छ । उहाँहरूले क्रमश ७.५ र ६.५ अङ्क प्राप्त गरेको आयोजकको भनाई छ । त्यस्तै ५.५ अङ्क प्राप्त गर्दै हर्क पालुङवा चौथो, ५ अङ्कका साथ बलबहादुर साम्सोहाङ्क पाँचौ बन्न भएको छ ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमश ५ हजार, ३ हजार ५ सय र २ हजार प्राप्त गरेका छन् । त्यस्तै चौथोलाई १ हजार ५ सय र पाँचौंलाई १ हजार रुपैयाँ प्रदान गरिएको आयोजकले जानकारी दिएको छ ।
खेल लाखेजात्राको अवसरमा गत भदौ १४ देखि १६ गतेसम्म सञ्चालन भएको थियो ।

प्रकाशित मिति : 2:19 pm

सिदिङ्वा गाउँपालिका–२ सादेवाको सार्वजनिक सुनुवाइ आज 

ताप्लेजुङ, असार २७ गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले आज चालु

अनुमति बिना ड्रोन नउडाउन आग्रह

ताप्लेजुङ, असार २६ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले कानुनी

रास्वपा ताप्लेजुङद्वारा प्रवक्ताको जिम्मेवारी पौडेललाई

ताप्लेजुङ, असार २६ गते ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जिल्ला

लिटल बुद्ध इंङ्गलिस बोर्डिङ स्कुलद्वारा उत्कृष्ट अङ्क ल्याउन सफल विद्यार्थीलाई सम्मान

ताप्लेजुङ, असार २५ गते । लिटल बुद्ध इंङ्गलिस बोर्डिङ स्कुलले माध्यमिक शिक्षा

आठराई त्रिवेणी गाउँपालिका–५ मा नवनिर्मित बर्थिङ सेन्टर उद्घाटन

ताप्लेजुङ, असार २१ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–५ दोभानस्थित