ताप्लेजुङ स्तरीय फिडे रेटिङ राउण्डरोबिन बुद्धिचाल प्रतियोगितामा गुरुङ भए प्रथम



ताप्लेजुङ । ताप्लेजुङ स्तरीय फिडे रेटिङ राउण्डरोबिन बुद्धिचाल प्रतियोगितामा राजकुमार गुरुङ प्रथम हुनु भएको छ ।

१० जना रेटेड प्लेयर सहभागी भएको खेलमा ९ अङ्क प्राप्त गर्दै गुरुङ प्रथम हुनु भएको ताप्लेजुङ बुद्धिचाल संघले जनाएको छ । संघका अनुसार प्रतियोगितामा चन्द्र मादेन दोश्रो र जीवन मादेन तेश्रो हुनु भएको छ । उहाँहरूले क्रमश ७.५ र ६.५ अङ्क प्राप्त गरेको आयोजकको भनाई छ । त्यस्तै ५.५ अङ्क प्राप्त गर्दै हर्क पालुङवा चौथो, ५ अङ्कका साथ बलबहादुर साम्सोहाङ्क पाँचौ बन्न भएको छ ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमश ५ हजार, ३ हजार ५ सय र २ हजार प्राप्त गरेका छन् । त्यस्तै चौथोलाई १ हजार ५ सय र पाँचौंलाई १ हजार रुपैयाँ प्रदान गरिएको आयोजकले जानकारी दिएको छ ।
खेल लाखेजात्राको अवसरमा गत भदौ १४ देखि १६ गतेसम्म सञ्चालन भएको थियो ।

प्रकाशित मिति : १६ भाद्र २०८०, शनिबार १४:१९

आठराई त्रिवेणी गाउँपालिकाको बजेट पास

ताप्लेजुङ। ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाको बजेट पास भएको छ ।

दोभान बजारलाई प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने

ताप्लेजुङ । ताप्लेजुङको दोस्रो ठूलो बजार दोभानलाई प्रमुख पर्यटकीय गन्तव्यको

ताप्लेजुङको दिङ्लामा लम्पी स्किन रोग फेला

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नम्बर ४ दिङ्लामा लम्पी

आठराई त्रिबेणीको शिक्षा क्षेत्रमा १८ प्रगति

ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले शिक्षा क्षेत्रमा उल्लेख्य प्रगति

फुङ्लिङ ८ का उत्कृष्ट ७ शिक्षक सम्मानित 

ताप्लेजुङ । फुङलिङ नगरपालिका वडा नं. ८ ले विद्यालयका उत्कृष्ट