ताप्लेजुङ गोल्डकप : रेडहर्षद्धारा गोर्खा स्पोर्टिङ पराजित



ताप्लेजुङ । प्रथम ताप्लेजुङ गोल्डकपको दोश्रो दिन आज रेडहर्ष फुटबल क्लब इलामले गोर्खा स्पोर्टिङ क्लब दमक, झापालाई पराजित गरेको छ । रेडहर्षले गोर्खा स्पोर्टिङलाई २-० को गोल अन्तरले पराजित गरेको हो । यो सँगै रेडहर्षले सेमिफाईनलको यात्रा तय गरेको छ । 

लाखोजात्राका अवसरमा लाखेजात्रा सञ्चालन समिति तथा जिल्ला फुटबल संघ ताप्लेजुङको संयुक्त आयोजनामा भएको बिहीबारबाट सुरु भएको गोल्डकप अन्तर्गत आज क्वाटर फाइनल अन्तर्गतको दोश्रो खेल भएको हो । 

बिहीबारको पहिलो खेलबाट जुट विकास फुटबल क्लब सुनसरी सेमिफाइनलमा पुगिसकेको छ । विजेता रेडहर्ष फुटबल क्लब क्लबले भदौ १९ गते फाइनल यात्राका लागि आउँदो आइतबार हुने भारत दार्जिलिङको खर्साङ फुटबल क्लब र झापा बिर्तामोडको रेडस्टार फुटबल क्लबको विजेता संग भिड्ने छ । 

यो खेलको विजेता पनि सेमिफाइनल पुग्ने छ । शनिवार सेमिफाइनल पुग्ने तेस्रो टोलीको निर्णयका लागि पाँचथरको फिदिम स्पोर्टिङ क्लब र मोरङ पथरीको पथरी स्पोर्टिङ क्लब भिड्ने छन् । आइतवारको खेल सकिएसँगै सेमिफाइनल पुग्ने ४ वटै टोलीको टुङ्गो लाग्ने छ ।

४ दिनसम्म सञ्चालन हुने क्वाटरफाइनल अन्तर्गतका ४ ओटा खेलका लागि प्रतिव्यक्ति १ सय रुपैयाँ टिकट दर निर्धारण गरिएको आयोजकले जनाएको छ । भदौ १८ र १९ गते सेमिफाइनलका लागि भने २ सय र फाइनलको लागि २ सय ५० रुपैयाँ टिकट शुल्क तोकिएको बताइएको छ ।

दर्शकहरूलाई बस्नको लागि बाँसको प्याराफिट निर्माण गरिएको छ । वि.सं. २०२९ सालदेखि लाखेजात्राको अवसरमा निरन्तर खेल सञ्चालन भएपनि विगत ३ वर्ष भने स्थगित भएको थियो । २ वर्ष कोरोना संक्रमणका कारण र १ वर्ष खेलमैदान अभावका कारण खेल सञ्चालन गर्न नसकिएको आयोजकको भनाई रहेको छ ।

प्रतियोगिताको विजेता र उपविजेताले क्रमश नगद रु तीन लाख ११ हजार एक सय ११ र एक लाख ११ हजार एक सय ११ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

लाखेजात्रासँगैको खेलकुदका माध्यमबाट जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने, बजारलाई चलायमान बनाउने, नयाँ प्रतिभाको खोजी गर्ने, अग्रजको सम्मान र इतिहासलाई बचाइराख्ने उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष गुरुङले बताउनुभयो ।

प्रकाशित मिति : 1:50 pm

रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सुरु

ताप्लेजुङ । ताप्लेजुङ सहित कोशी प्रदेशका सञ्चारर्कीलाई दिइने चार दिने

सानिमा बैंक ताप्लेजुङद्धारा कक्षा ११ र १२ को छात्रवृतिका लागि आवेदन आह्वान

रेडियो काबेलीताप्लेजुङ । सानिमा बैँक ताप्लेजुङले जिल्लाका कक्षा ११ र

फुङ्लिङ नगरपालिकाकाद्वारा सडक मर्मत गरिदिन तमोर इनर्जीलाई आग्रह 

सौगात विष्ट ताप्लेजुङ, असोज २३ गते । फुङ्लिङ नगरपालिकाले तमोर इनर्जी

सिदिङ्वा गाउँपालिका–२ का पूर्व वडा अध्यक्ष मृत अवस्थामा फेला

ताप्लेजुङ असोज २३ गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–२ सादेवाका पूर्व

माथिल्लो ताप्लेजुङ भ्रमण दशक २०८२–९२ आह्वान

ताप्लेजुङ, असोज २२ गते । माथिल्लो ताप्लेजुङ भ्रमण दशक आह्वान