भोलिबाट सुरु हुँदै ताप्लेजुङ गोल्डकप, तयारी पुरा



ताप्लेजुङ । भोलिबाट सुरु हुने प्रथम ताप्लेजुङ गोल्डकपको तयारी पुरा भएको छ । लाखेजात्रा सञ्चालन समिति र जिल्ला फुटबल संघ ताप्लेजुङले संयुक्त रुपमा आयोजना गरेको खेलको उद्धघाटन मध्यान्ह १२ बजे हुने भएको हो ।

खेलको उद्धघाटन फुङलिङ नगरपािलकाका प्रमुख अमिर मादेनले गर्ने तयारी भईरहेको लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष देवराज गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार नगरपालिकाका उप–प्रमुख ताप्लेजुङका सबै स्थानीय तहका अध्यक्ष तथा उपाध्यक्ष लगायतको उपस्थितिमा खेलको उद्धघाटन हुदैछ ।

पाथीभरा गोल्डकपको नाममा सञ्चालन हुदै आएको खेल यसपालि भने ताप्लेजुङ गोल्डकपको रुपमा सञ्चालन हुन लागेको हो । उद्धघाटन खेलमा फुङलिङ नगरपालिकाका ४ र ५ का १४ वर्षमुनिका खेलाडीहरु मैदान उत्रदै छन् ।

त्यस्तै प्रतियोगिताअन्तर्गत भोलिको पहिलो खेलमा ताप्लेजुङको प्रतिनिधित्व गर्दै मानाभारा स्पार्टिङ क्लबले जुट बिकास फुटबल क्बल एकेडेमी ईटहरी, सुनसरीको सामना गर्दैछ । भोलिको विजेताले सेमिफाईनलको यात्रा सुरक्षित गर्नेछ ।

भोलिदेखि ४ दिनसम्म सञ्चालन हुने क्वाटरफाईनल अन्तर्गतका ४ ओटा खेलका लागि प्रतिव्यक्ति १ सय रुपैँया टिकट दर निर्धारण गरिएको आयोजकले जनाएको छ । भदौ १८ र १९ गते सेमिफाईनलका लागि भने २ सय र फाईनलको लागिग २ सय ५० रुपैँया टिकट शुल्क तोकिएको बताइएको छ ।

दर्शकहरुलाई बस्नको लागि बाँसको प्याराफिट निर्माण गरिएको छ । वि.सं. २०२९ सालदेखि लाखेजात्राको अवसरमा निरन्तर खेल सञ्चालन भएपनि विगत ३ वर्षभने स्थगित भएको थियो । २ वर्ष कोरोना संक्रमणका कारण र १ वर्ष खेलमैदान अभावका कारण खेल सञ्चालन गर्न नसकिएको आयोजकको भनाई रहेको छ ।

यस्तै प्रतियोगितामा पाँचथरबाट फिदिम स्पोर्टिङ क्लब, इलामबाट रेडहर्स क्लब, झापाबाट गोर्खा स्पोर्टस् क्लब र रेडस्टार क्लबले सहभागिता जनाउँदैछन् । मोरङबाट पथरी फुटबल क्लब, सुनसरीबाट जुट विकास फुटबल क्लब र भारतको दार्जिलिङबाट युनाइटेड खर्साङ क्लबको सहभागिता रहने अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रतियोगिताको विजेता र उपविजेताले क्रमश नगद रु तीन लाख ११ हजार एक सय ११ र एक लाख ११ हजार एक सय ११ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गनेछन् ।

लाखेजात्रासँगैको खेलकुदका माध्यमबाट जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने, बजारलाई चलायमान बनाउने, नयाँ प्रतिभाको खोजी गर्ने, अग्रजको सम्मान र इतिहासलाई बचाइराख्ने उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष गुरुङले बताउनुभयो ।

प्रकाशित मिति : 1:41 pm

दोभान बजारका आगलागी पीडितलाई नेवा : समाजको राहत

ताप्लेजुङ, असोज २१ गते । ताप्लेजुङ नेवा : समाज काठमाडौंले

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा