पाथीभरा मन्दिरमा बैशाखमा आए सबैभन्दा बढि तीर्थयात्री 



 ताप्लेजुङ । प्रसिद्ध तीर्थ स्थल ताप्लेजुङको पाथीभरा मन्दिरमा गत आर्थिक वर्षको वैशाख महिनामा सबै भन्दा बढी तीर्थयात्री दर्शनका लागि आएका छन् । 

पाथिभरा क्षेत्र विकास समितिको तथ्याङ्क अनुसार उक्त महिनामा ३५ हजार ६६४ जना भक्तजन मन्दिर दर्शनका लागि आएका छन् । सबैभन्दा कम साउन महिनामा १ हजार ७ सय ९५ जना मात्र भक्तजन मन्दिर दर्शनका लागि पाथीभरा आएका छन् । 

भदौमा ८ हजार ७५, असोजमा २२ हजार ९ सय ६४, कात्तिकमा १७ हजार १ सय ७० जना आएको तथ्याङ्कमा उल्लेख छ । 

त्यस्तै मङ्सिरमा २३ हजार ३ सय ६६, पुसमा ६ हजार ५४, माघमा ५ हजार ८ सय ३७ र फागुनमा १८ हजार ६ सय ८६ तीर्थयात्रीले दर्शन गरेका छन् । 

चैत्र महिनामा ३० हजार ६ सय १८ जना आउँदा जेठ र असारमा क्रमश २७ हजार २ सय १७ र ३ हजार ६ सय २ जना भक्तजन पाथीभरा आएको समितिले जनाएको छ । 

गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको तुलनामा दर्शनार्थीको संख्या घटेको समितिले जनाएको छ ।

प्रकाशित मिति : 1:52 pm

प्रसिद्ध तीर्थस्थल पाथीभरामा पुनः हिमपात

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा

रिफाइन गरियो पाथीभरामा दर्शनार्थीले चढाएको सुनचाँदी

ताप्लेजुङ, चैत २६ गते । पाथीभरामा दर्शनार्थीले चढाएको सुनचाँदी प्रशोधन

ताप्लेजुङको आठराई त्रिवेणीमा साताको एक दिन मात्र बिदा

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले सातामा

ताप्लेजुङमा कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगितामा सुरु

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङमा कोशी प्रदेश स्तरीय छैटौँ

महाशिवरात्रि फुटबलको उपाधि तेह्रथुमलाई

ताप्लेजुङ, चैत २२ गते । ताप्लेजुङमा सम्पन्न भएको विशेष महाशिवरात्रि