फोनिजद्वारा फरक क्षमता भएका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान 



ताप्लेजुङ ।  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ताप्लेजुङले स्थापना दिवसको अवसरमा फरक क्षमता भएका विद्यार्थीहरूलाई शैक्षिक सामाग्री प्रदान गरेको छ ।

ताप्लेजुङको फुङलिङ नगरपालिका ४ मा अवस्थित बाल मन्दिर आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको फोनिज ताप्लेजुङका अध्यक्ष दिनेश लिङ्खिमले जानकारी दिनुभयो ।

उहाँका अनुसार विद्यालयमा अध्ययनरत २२ जना विद्यार्थीहरूलाई शैक्षिक सामाग्री उपलब्ध गराइएको हो । देशभरका करिब ७० जिल्लामा रहेका फोनिजको शाखाहरुले नै साताव्यापी रुपमा विभिन्न कार्यक्रमको आयोजना गरि स्थापना दिवस मनाइरहेका छन् । सोही अनुसार ताप्लेजुङमा आज शैक्षिक सामाग्री वितरण गरेको हो ।

कार्यक्रममा फोनिजका केन्द्रिय लेखा आयोगका संयोजक चन्द्र पन्दाक, केन्द्रिय सदस्य लोकेश लिबाङ, नेपाल पत्रकार महासंघ ताप्लेजुङका अध्यक्ष आनन्द गौतम लगायतको उपस्थिति रहेको थियो । गत सालको स्थापना दिवसमा फोनिज ताप्लेजुङले जिल्ला कारागारमा रहेका कैदीबन्दीहरूलाई जीवन उपयोगि पुस्तक उपलब्ध गराएको थियो । 

प्रकाशित मिति : 1:54 pm

पाथीभरा याङवरकमा एकीकृत घुम्ती शिविरबाट ६ सय ८७ नागरिक लाभान्वित

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले सञ्चालन

फुङलिङ–८ को चारपाटे क्षेत्रमा बुद्धको प्रतिमा स्थापना गरि अनावरण

ताप्लेजुङ, साउन १३ गते  । ताप्लेजुङको फुङलिङ नगरपालिका–८ स्थित धार्मिक

आठराई त्रिवेणी गाउँपालिकाको आठ प्रमुख उपलब्धि सार्वजनिक

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले वर्तमान

याङ्मामा फोरजी सेवा विस्तारका लागि पहल

ताप्लेजुङ, साउन १२ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले जिल्लाकै दुर्गम

नापी कार्यालय ताप्लेजुङद्वारा झण्डै दोब्बर राजश्व सङ्कलन

ताप्लेजुङ, साउन १० गते । नापी कार्यालय ताप्लेजुङले झण्डै दोब्बर