राष्ट्रिय प्रसारण लाइन फक्ताङलुङ पुग्यो, स्थानीय हर्षित



ताप्लेजुङ । राष्ट्रिय प्रसारण लाइनको बिजुली बल्न पाएपछि ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–२ खेजेनिमका स्थानीय हर्षित भएका छन् । जिल्लाको एक दुर्गम गाउँको रूपमा रहेको खेजेनिममा गएको शनिबारदेखि राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेपछि स्थानीय हर्षित भएका हुन् ।

दुर्गम गाउँमा राष्ट्रिय प्रसारण लाइनको बिजुली बाल्न पाइएला भनेर कल्पनासम्म नगरेको अवस्थामा बिजुली उपभोग गर्न पाउँदा खुसी लागेको स्थानीयले बताएका छन् । प्रायः अन्धकार झैँ अर्थात् आवश्यकताअनुसार पर्याप्त बिजुली उपभोग गर्न नपाएका खेजेनिमवासीले लामो समयपछि राष्ट्रिय प्रसारण लाइनको विद्युत् बाल्न पाएका हुन् । यसअघि गाउँले आफैँले रकम सङ्कलन गरेर निर्माण गरिएको मेथेमखोला लघु जलविद्युत आयोजनाबाट उत्पादित विद्युतले मुस्किलले बत्तीसम्म स्थानीयले बाल्दै आएका थिए । निकै पुरानो लघु जलविद्युत आयोजनामा भर पर्नुपर्दा हालसम्म स्थानीयले आवश्यकताअनुसार बिजुली बत्ती प्रयोग गर्न पाएका थिएनन् । लामो समयको प्रतीक्षापछि अब भने राष्ट्रिय प्रसारण लाइनको बिजुली बाल्न पाउँदा ढुक्क भएको पनि स्थानीय बताउँछन् ।

राष्ट्रिय प्रसारण लाइन पुगेसँगै बिजुली बत्ती बाल्न मात्र नभई अब अन्य काम गर्नमासमेत सहज हुने भएको स्थानीय पदम बुढाथोकीले बताउनुभयो । घरमा बत्ती बाल्नेदेखि साना, मझौला तथा ठुला उद्योगधन्दा, कलकारखाना सञ्चालनलगायत विद्युतको प्रयोग अनिवार्य हुने सबै कार्य गर्न पाइने भएको बुढाथोकीको भनाइ छ । उहाँका अनुसार विद्युतको अभावमा कुनै पनि पेसा व्यवसाय सञ्चालन गर्ने सोच तथा चाहना भएका स्थानीयका लागि ठुलो राहत मिलेको छ । त्यस्तै अर्का स्थानीय दिलकुमार पतङ्वाले पनि राष्ट्रिय प्रसारण लाइनको विद्युत पुगेसँगै खेजेनिमवासीमा खुसीयाली छाएको बताउनुभयो । पतङ्वा लिम्बूले घरमा बत्ती बाल्नेदेखि विद्युतको अधिकतम उपयोगमार्फत उत्पादनमूलक क्षेत्रमा प्रयोग गरेर आयआर्जनको माध्यम बनाउनलाई सहज हुने बताउनुभयो ।

साना तथा मझौला उद्योग र कलकारखाना सञ्चालन गरी रोजगार सिर्जना गर्नका लागि विद्युतको अधिकतम उपयोग गरेर फाइदा लिनुपर्ने स्थिति आएको पनि उहाँको भनाइ छ । राष्ट्रिय प्रसारण लाइनको बिजुली बत्तीको पहुँच पुगेसँगै खेजेनिमका करिब ४५० घरपरिवार लाभान्वित बनेका छन् । त्यसैगरी त्यहाँ रहका सरकारी तथा गैरसरकारी निकायका कार्यालय सञ्चालनमा पनि विद्युतले सहज भएको बताइएको छ । स्वास्थ्य संस्था, विद्यालय लगायतमा पर्याप्त विद्युत् नहुँदा कम्प्युटर, इन्टरनेट र अन्य उपकरण सञ्चालनमा समस्या थियो । गोरखापत्र

प्रकाशित मिति : 3:19 pm

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी