राष्ट्रिय प्रसारण लाइन फक्ताङलुङ पुग्यो, स्थानीय हर्षित



ताप्लेजुङ । राष्ट्रिय प्रसारण लाइनको बिजुली बल्न पाएपछि ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–२ खेजेनिमका स्थानीय हर्षित भएका छन् । जिल्लाको एक दुर्गम गाउँको रूपमा रहेको खेजेनिममा गएको शनिबारदेखि राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेपछि स्थानीय हर्षित भएका हुन् ।

दुर्गम गाउँमा राष्ट्रिय प्रसारण लाइनको बिजुली बाल्न पाइएला भनेर कल्पनासम्म नगरेको अवस्थामा बिजुली उपभोग गर्न पाउँदा खुसी लागेको स्थानीयले बताएका छन् । प्रायः अन्धकार झैँ अर्थात् आवश्यकताअनुसार पर्याप्त बिजुली उपभोग गर्न नपाएका खेजेनिमवासीले लामो समयपछि राष्ट्रिय प्रसारण लाइनको विद्युत् बाल्न पाएका हुन् । यसअघि गाउँले आफैँले रकम सङ्कलन गरेर निर्माण गरिएको मेथेमखोला लघु जलविद्युत आयोजनाबाट उत्पादित विद्युतले मुस्किलले बत्तीसम्म स्थानीयले बाल्दै आएका थिए । निकै पुरानो लघु जलविद्युत आयोजनामा भर पर्नुपर्दा हालसम्म स्थानीयले आवश्यकताअनुसार बिजुली बत्ती प्रयोग गर्न पाएका थिएनन् । लामो समयको प्रतीक्षापछि अब भने राष्ट्रिय प्रसारण लाइनको बिजुली बाल्न पाउँदा ढुक्क भएको पनि स्थानीय बताउँछन् ।

राष्ट्रिय प्रसारण लाइन पुगेसँगै बिजुली बत्ती बाल्न मात्र नभई अब अन्य काम गर्नमासमेत सहज हुने भएको स्थानीय पदम बुढाथोकीले बताउनुभयो । घरमा बत्ती बाल्नेदेखि साना, मझौला तथा ठुला उद्योगधन्दा, कलकारखाना सञ्चालनलगायत विद्युतको प्रयोग अनिवार्य हुने सबै कार्य गर्न पाइने भएको बुढाथोकीको भनाइ छ । उहाँका अनुसार विद्युतको अभावमा कुनै पनि पेसा व्यवसाय सञ्चालन गर्ने सोच तथा चाहना भएका स्थानीयका लागि ठुलो राहत मिलेको छ । त्यस्तै अर्का स्थानीय दिलकुमार पतङ्वाले पनि राष्ट्रिय प्रसारण लाइनको विद्युत पुगेसँगै खेजेनिमवासीमा खुसीयाली छाएको बताउनुभयो । पतङ्वा लिम्बूले घरमा बत्ती बाल्नेदेखि विद्युतको अधिकतम उपयोगमार्फत उत्पादनमूलक क्षेत्रमा प्रयोग गरेर आयआर्जनको माध्यम बनाउनलाई सहज हुने बताउनुभयो ।

साना तथा मझौला उद्योग र कलकारखाना सञ्चालन गरी रोजगार सिर्जना गर्नका लागि विद्युतको अधिकतम उपयोग गरेर फाइदा लिनुपर्ने स्थिति आएको पनि उहाँको भनाइ छ । राष्ट्रिय प्रसारण लाइनको बिजुली बत्तीको पहुँच पुगेसँगै खेजेनिमका करिब ४५० घरपरिवार लाभान्वित बनेका छन् । त्यसैगरी त्यहाँ रहका सरकारी तथा गैरसरकारी निकायका कार्यालय सञ्चालनमा पनि विद्युतले सहज भएको बताइएको छ । स्वास्थ्य संस्था, विद्यालय लगायतमा पर्याप्त विद्युत् नहुँदा कम्प्युटर, इन्टरनेट र अन्य उपकरण सञ्चालनमा समस्या थियो । गोरखापत्र

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलवार १५:१९

साढे तीन महिनापछि सुकेटार विमानस्थलमा शनिबारबाट उडान हुँदै

ताप्लेजुङ । ताप्लेजुङको सुकेटार विमानस्थलमा साढे तीन महिनापछि हवाई उडान

मेरिङ्देन सडक खण्डमा बन्द गरिएको मालबाहक सवारी साधन सञ्चालनमा आयो

ताप्लेजुङ। गत चैत ६ गते देखि मेरिङ्देन सडक खण्डमा बन्द

आठराई त्रिवेणी गाउँपालिकाले दियो ज्येष्ठ नागरिकलाई दन्त उपहार

ताप्लेजुङ । आठराई त्रिवेणी गाउँपालिकाले ५९ जना ज्येष्ठ नागरिकलाई निःशुल्क

मेयर कप खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

ताप्लेजुङ । ताप्लेजुङ जिल्ला स्तरीय मेयर कप खुल्ला ब्याडमिन्टन प्रतियोगिताको

प्रगतिशील लेखक सङ्घ नेपाल ताप्लेजुङको अध्यक्षमा हाङबाङ 

ताप्लेजुङ । प्रगतिशील लेखक सङ्घ नेपाल ताप्लेजुङको अध्यक्षमा प्रजिन हाङबाङ