के संसद् मेडिटेसन गर्ने ठाउँ हो ? : योगेश भट्टराई



काठमाडौं । नेकपा एमालेका सचिव एवं सांसद योगेश भट्टराईले एक क्विन्टल सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरेका छन्।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद भट्टराईले सुनको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्ने अडानबाट एमाले पछि नहटेको बताएका हुन्।

‘अनुसन्धान गर्न योग्य व्यक्तिहरू राखेर छानबिन समिति बनाऔँ। नेकपा एमालेको यो भनाई छ। हाम्रो भनाइ आज पनि कायम छ। आजको सदनबाट सभामुखले समिति गठनमा रूलिङ गर्नुहुन्छ। नभए हाम्रो विरोध जारी छ,’ उनले भने।

सदनमा कडा रूपमा प्रस्तुत भएका उनले एमालेले संसद चल्न नदिएको भनेर भ्रम फैलाइएको बताए। सांसद भट्टराईले सदनमा प्रतिपक्षले प्रश्न उठाउने र सत्तापक्षले जवाफ दिनुपर्ने प्रचलन रहेको बताउँदै संसद मेडिटेसन गर्ने ठाउँ होरु भन्दै प्रश्न गरे।

‘एमालेले कुनै अड्को थापेको छैन्। एमालेले संसद चल्न दिएन भनियो। हामीले चल्न नदिएको होरु संसद चलाउनूस्। हाम्रा मागबारे सरकारबाट सम्बोधन भए ठिक छ। नभए विरोध हुन्छ। संसदमा विरोध हुँदैन। के संसद् मेडिटेसन गर्ने ठाउँ होरु जनताको आवाज बोल्ने ठाउँ होइनरु संसद चल्न दिएन एमालेले….. सत्ता पक्षले चलायो संसदरु चलाउनु नि त संसद। हामीले नचलाउनु भनेका छौंरु हामीले आफ्नो कुरा राख्छौँ भनेका छौँ। आफ्नो कुरा राख्न नदिने, संसद चल्न नदिने, उच्चस्तरीय छानबिन समिति गठन गरौँ। उच्चस्तरीय राजनीतिक नेतृत्व संलग्न छ। त्यसमा ‘चूँ’ समेत नबोल्ने,’ उनले भने।

प्रकाशित मिति : 1:04 pm

बसाइँ सराईका लागि सिरिजङ्घामा जग्गा खरिद अनिवार्य

ताप्लेजुङ, जेठ २५ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र

रोकिएको केबुलकार चाँडो सुरु गर्न माग 

ताप्लेजुङ, जेठ २५ गते । रोकिएको निर्माणाधीन केबुलकार परियोजना चाँडो

विकास आयोजनाहरू शीघ्र सम्पन्न गर्न दबाब दिन फुङलिङमा वृहत् शान्ति र्‍याली हुँदै

ताप्लेजुङ, जेठ २४ गते । ताप्लेजुङमा सञ्चालन तथा निर्माणाधीन विकास

श्रम संस्कृति पार्टीद्वारा मुधिङकोक्मा पार्क क्षेत्रमा सरसफाइ 

ताप्लेजुङ, जेठ २४ गते । श्रम संस्कृति पार्टी ताप्लेजुङले जिल्लाको

रास्वपा ताप्लेजुङको सभापतिमा गुरुङ

ताप्लेजुङ, जेठ २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङ