ट्याक्टर दुर्घटनामा परी दुई बालिकाको मृत्यु 



पाँचथर ।  मेची राजमार्ग अन्तर्गत पाँचथरको हिलिहाङ गाँउपालीको भारपामा ट्याक्टर दुर्घटनामा परी दुई बालिकाको मृत्यु भएको छ । मे. १ त. २९६१ नम्बरको ट्याक्टर दुर्घटना १३ बर्षिया पुजना सुवेदी र ९ वर्षीय गंगा सुवेदीको मृत्यु भएको हो । 

उनीहरु एकै घरका  दिदी बहिनी रहेको स्थानियहरुले जनाएका छन् । मृतक पुजना र गंगा हिहिहाङ ७ मा रहेको भवानी मा.बि. मा अध्ययन गर्ने स्थानियहरुले बताएका छन् । पुजना कक्षा ८ र गंगा कक्षा ४ मा अध्ययनरत थिए । 

उनीहरु ट्याक्टरबाट झरेपछि ट्याक्टरले किचेर मृत्यु भएको प्रहरीले जनाएकोछ । उनीहरूको मृत्यु भएपछि चालक भाग्दा ट्याक्टर दुर्घटना भएको थियो । चालक भग्दा डालीमा बालुवा माथि बसेका दुई जना विद्यार्थी घाईते भएका छन् । 

घाइतेको पाँचथर जिल्ला अस्पतालमा उपचार भइरहेको छ । ट्याक्टरमा ११ जना विद्यार्थी चढेका थिए । तिव्र गतिका कारण विद्यार्थी ट्याक्टरबाट झरेको अनुमान गरिएको छ । ट्याक्टरका चालक तथा सहचालक फरार रहेका छन् ।

प्रकाशित मिति : 12:04 pm

पाथीभरा याङवरकमा एकीकृत घुम्ती शिविरबाट ६ सय ८७ नागरिक लाभान्वित

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले सञ्चालन

फुङलिङ–८ को चारपाटे क्षेत्रमा बुद्धको प्रतिमा स्थापना गरि अनावरण

ताप्लेजुङ, साउन १३ गते  । ताप्लेजुङको फुङलिङ नगरपालिका–८ स्थित धार्मिक

आठराई त्रिवेणी गाउँपालिकाको आठ प्रमुख उपलब्धि सार्वजनिक

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले वर्तमान

याङ्मामा फोरजी सेवा विस्तारका लागि पहल

ताप्लेजुङ, साउन १२ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले जिल्लाकै दुर्गम

नापी कार्यालय ताप्लेजुङद्वारा झण्डै दोब्बर राजश्व सङ्कलन

ताप्लेजुङ, साउन १० गते । नापी कार्यालय ताप्लेजुङले झण्डै दोब्बर