मिक्वाखोला गाउँपालिकामा उपाध्यक्ष खुला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न



ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा उपाध्यक्ष खुला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । गाउँपालिकाको प्रशासकीय केन्द्र साँवा थलङमा बुधबार सुरु भएको प्रतियोगिता बिहीबार राति अबेर सम्पन्न भएको हो ।
प्रतियोगिताको पुरुष डबल सिनियर ‘ए’, तर्फ दीपेन गुरुङ र मिलिन गुरुङको जोडी प्रथम र नवीन सिलवाल र चाणक्य पाठकको जोडी द्वितीय भएको छ । पुरुष डबल सिनियर ‘बी’, तर्फ भने अनिस लावती र विपीन सेडाइँको जोड तथा मिहाङ राई र जुनुन राईको जोडी क्रमशः प्रथम र द्वितीय भएको छ ।
यस्तै कर्मचारीतर्फ मिङ्मा शेर्पा र डिकबहादुर राउतको जोडीले प्रथम तथा मचिन्द्र लिम्बू र विवस लिम्बूको जोडीले द्वितीय स्थान हासिल गरेको छ । त्यसैगरी भेट्रान्स ९४५ वर्षमाथि० समूहतर्फ मानबहादुर पालुङ्वा र भूपाल रानाको जोडी प्रथम तथा राम नेयोङ र नरेन्द्र इधिङ्गोको जोडी द्वितीय भएको छ ।
प्रतियोगिताका बिजेता र उपबिजेताले क्रमशः पुरुष डबल सिनियर ‘ए’ ४५ हजार र ३० हजार रुपियाँ, सिनियर ‘बी’ तर्फ ३५ हजार र २५ हजार रुपियाँ, कर्मचारीतर्फ ३५ हजार र २५ हजार तथा भेट्रान्सतर्फ २० हजार र १५ हजार रुपियाँ नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन् । पुरुष डबल सिनियर ‘ए’ र ‘बी’ तर्फ क्रमशः ७ र २४ टोली, कर्मचारीतर्फ १६ र भेट्रान्सतर्फ ६ टोली (जोडी) को सहभागिता रहेको थियो ।
यता प्रतियोगिताका विजेताहरुलाई मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्की र उपाध्यक्ष डण्डु लामाले पुरस्कार तथा ट्रफी, मेडल र प्रमाणपत्र वितरण गर्नुभएको थियो । प्रतियोगिता मिक्वाखोला गाउँपालिकाले आयोजना गरेको हो ।

प्रकाशित मिति : 1:20 pm

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका

ताप्लेजुङमा मतगणनास्थल तयार

ताप्लेजुङ, फागुन २० गते । ताप्लेजुङमा प्रतिनिधिसभा निर्वाचनको मतगणनाको लागि

ताप्लेजुङमा मतदानको तयारी पूरा

ताप्लेजुङ, फागुन २० गते । विहीबार हुने प्रतिनिधि सभा निर्वाचनका

पाथीभरा दर्शन गर्न आएका वृद्ध बेपत्ता

ताप्लेजुङ, फागुन १७ गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरको दर्शनका