‘फूलबारी’को पहिलो पोस्टरमा बूढा विपिन र हँसिला दयाहाङ



ताप्लेजुङ । रामबाबु गुरुङको निर्देशन रहेको नेपाली फिल्म ‘फूलबारी’को पहिलो पोस्टर सार्वजनिक भएको छ। सामाजिक कथामा बनेको फिल्मको पोस्टर निर्माता मनिष ढकालको जन्मदिनको अवसर पारेर आइतबार सार्वजनिक गरिएको हो।

सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकारहरूलाई देखाइएको छ। जसमा विपिन कार्की ढाका टोपी र फुलेको दाह्रीमा देखिएका छन् भने दयाहाङ राईको हँसिलो अनुहार देखिएको छ।

अभिनेत्री प्रियंका कार्की गम्भीर मुद्रामा देखिएकी छन् भने अरुणा कार्की हाँसिरहेको देखिएकी छन्। शिल्पा मास्के र गौमाया गुरुङलाई पनि पोस्टरमा अटाइएको छ।

रामबाबुको निर्देशनमा बनेको ‘कबड्डी ४’ गत जेठमा प्रदर्शनमा आएको थियो भने विपिन र दयाहाङको अभिनय रहेको अर्को फिल्म ‘के घर के डेरा’ यही कात्तिक पहिलो हप्ता रिलिज भएको थियो।

‘कबड्डी ४’ नेपाली फिल्मको इतिहासमै सर्वाधिक कमाइ गर्ने फिल्म बन्दा ‘के घर के डेरा’ पनि व्यावसायिक रुपमा सफल साबित भएको थियो। केही हलहरूमा अझै प्रदर्शनरत नै छ।

‘फूलबारी’ अभिनेत्री प्रियंका कार्कीले छोरी पाएपछिको पहिलो फिल्म पनि हो। व्यावसायिक रुपमा यो वर्ष सफल रहेका कलाकार तथा निर्देशकको अर्को फिल्मले कस्तो व्यापार गर्छ त्यो भने हेर्न बाँकी छ।

कमलकिशोर मालपानीको कथा, उपेन्द्र सुब्बाको लेखन तथा मनिष ढकालको निर्माण रहेको ‘फूलबारी’ आगामी फागुन ५ गतेदेखि प्रदर्शनमा आउँदैछ।

प्रकाशित मिति : 3:51 am

फुङलिङमा सुर्तिजन्य पदार्थ र मदिराका विज्ञापन बोर्ड हटाइँदै

ताप्लेजुङ, जेठ १८ गते । ताप्लेजुङ सदरमुकाम फुङलिङमा सुर्तिजन्य पदार्थ

दोस्रो कञ्चनजङ्घा साहसिक म्यारथनको उपाधि राईलाई

ताप्लेजुङ, जेठ १८ गते । दोस्रो कञ्चनजङ्घा साहसिक म्यारथन प्रतियोगिताको

रास्वपा ताप्लेजुङको संगठन विस्तार तीव्र, फुङलिङ नगर सभापतिमा युवराज बराल

ताप्लेजुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेपालले आसन्न महाधिवेशनलाई लक्षित

शान्ति सुरक्षा थप सुदृढ बनाइने डिएसपी जोशीको भनाई

ताप्लेजुङ, जेठ १५ गते । ताप्लेजुङका नयाँ प्रहरी प्रमुख (डिएसपी)

ताप्लेजुङमा गरियो नमुना विपद् अभ्यास प्रदर्शन

ताप्लेजुङ, जेठ १५ गते । ताप्लेजुङमा नमुना विपद् अभ्यास प्रदर्शन