‘फूलबारी’को पहिलो पोस्टरमा बूढा विपिन र हँसिला दयाहाङ



ताप्लेजुङ । रामबाबु गुरुङको निर्देशन रहेको नेपाली फिल्म ‘फूलबारी’को पहिलो पोस्टर सार्वजनिक भएको छ। सामाजिक कथामा बनेको फिल्मको पोस्टर निर्माता मनिष ढकालको जन्मदिनको अवसर पारेर आइतबार सार्वजनिक गरिएको हो।

सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकारहरूलाई देखाइएको छ। जसमा विपिन कार्की ढाका टोपी र फुलेको दाह्रीमा देखिएका छन् भने दयाहाङ राईको हँसिलो अनुहार देखिएको छ।

अभिनेत्री प्रियंका कार्की गम्भीर मुद्रामा देखिएकी छन् भने अरुणा कार्की हाँसिरहेको देखिएकी छन्। शिल्पा मास्के र गौमाया गुरुङलाई पनि पोस्टरमा अटाइएको छ।

रामबाबुको निर्देशनमा बनेको ‘कबड्डी ४’ गत जेठमा प्रदर्शनमा आएको थियो भने विपिन र दयाहाङको अभिनय रहेको अर्को फिल्म ‘के घर के डेरा’ यही कात्तिक पहिलो हप्ता रिलिज भएको थियो।

‘कबड्डी ४’ नेपाली फिल्मको इतिहासमै सर्वाधिक कमाइ गर्ने फिल्म बन्दा ‘के घर के डेरा’ पनि व्यावसायिक रुपमा सफल साबित भएको थियो। केही हलहरूमा अझै प्रदर्शनरत नै छ।

‘फूलबारी’ अभिनेत्री प्रियंका कार्कीले छोरी पाएपछिको पहिलो फिल्म पनि हो। व्यावसायिक रुपमा यो वर्ष सफल रहेका कलाकार तथा निर्देशकको अर्को फिल्मले कस्तो व्यापार गर्छ त्यो भने हेर्न बाँकी छ।

कमलकिशोर मालपानीको कथा, उपेन्द्र सुब्बाको लेखन तथा मनिष ढकालको निर्माण रहेको ‘फूलबारी’ आगामी फागुन ५ गतेदेखि प्रदर्शनमा आउँदैछ।

प्रकाशित मिति : 3:51 am

ताप्लेजुङमा तीन महिनामै एक करोड बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ, असोज ३१ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले

फक्ताङलुङमा हिमाली बस्तीमै पुगेर पशु स्वास्थ्य सेवा

ताप्लेजुङ, असोज २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले भौगोलिक रूपमा

रास्वपाले ताप्लेजुङमा एक्सन टिम गठन गर्‍यो

ताप्लेजुङ असोज २७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङले

कञ्चनजङ्घामा पर्यटकको चहलपहल बढ्यो

ताप्लेजुङ, असोज २७ गते । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो

पभोग्य वस्तुमा कृत्रिम अभाव र मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

ताप्लेजुङ, असोज २६ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चाडपर्वलाई