सौगात बिष्ट
ताप्लेजुङ, मङ्सिर ११ गते । फुलमाया बिष्टको जन्मदिनको अवसरमा फुङलिङ नगरपालिका ४ स्थित बालमन्दिर आधारभूत विद्यालयका सम्पूर्ण विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ।
आमाको जन्मदिनको अवसरमा विद्यार्थीको पठनपाठनमा सहयोग पुगोस् भन्ने उद्देश्यले छोरी जमुना बिष्टले सम्पूर्ण विद्यार्थीलाई कलम र कापी हस्तान्तरण गर्नुभएको हो।
जन्मदिनको अवसरमा गरिने फजुल खर्चलाई विद्यार्थीको शैक्षिक आवश्यकतासँग जोड्नुका साथै शैक्षिक गतिविधिमा थप टेवा पुग्ने अपेक्षाले सामाग्री प्रदान गरिएको बिष्टको भनाई छ।
यस्तै जन्मदिनलाई व्याक्तिगत उत्सवका रुपमा मात्र सीमित नराखी सामाजिक सहयोग कार्यमा समेत अग्रसर हुन अनुरोध गर्नुभएको छ।






प्रतिक्रिया