ओलाङचुङगोलामा पुनः पुग्यो सवारीसाधन



ताप्लेजुङ, मङ्सिर १० गते । चीनसँगको सीमा जोडिएको ताप्लेजुङको दुर्गम हिमाली बस्ती ओलाङचुङगोलामा लामो समयपछि पुनः सवारीसाधन पुगेको छ । गत चैत महिनादेखि अवरुद्ध रहेको सडक मर्मत तथा सफाइ गरेपछि मङ्गलबारदेखि फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङचुङगोलामा यातायात सञ्चालनमा आएको हो ।

सुपर तमोर हाइड्रोपावरको मेसिन प्रयोग गरी सडकमा थुप्रिएको पहिरो तथा अन्य अवरोध हटाएपछि सवारीसाधन सञ्चालन सम्भव भएको हो । सवारी चालक रविन गुरुङले बोलेरो जिप लिएर ओलाङचुङगोला पुग्नुभएको छ । यससँगै लामो समयदेखि यातायात असुविधा भोग्दै आएका स्थानीयलाई आवतजावतमा सहज हुने अपेक्षा गरिएको छ ।

यसैबीच, प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहाल नेतृत्वको टोलीसमेत मङ्गलबार सवारीसाधनमार्फत ओलाङचुङगोला पुगेको छ । सडक सञ्चालनमा आएपछि सरकारी सेवा प्रवाह, दैनिक उपभोग्य सामग्री ढुवानी तथा स्थानीयको आवतजावतमा सहजता थपिने अपेक्षा गरिएको फक्ताङलुङ गाउँपालिका–७ का वडा अध्यक्ष छेतेन शर्पाले बताउनुभयो ।

कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को सहयोगमा याङमा दोबाटो क्षेत्रमा करिब ३०० मिटर सडक निर्माणको कामसमेत भइरहेको छ । गत वर्ष स्थानीय सरकारको सहयोगमा काठेपुल निर्माण गरिएको थियो । पुल निर्माण र अहिले भइरहेको सडक विस्तारले ओलाङचुङगोलासम्म नियमित यातायात सञ्चालनको सम्भावना बढाएको छ ।

ओलाङचुङगोलासम्म सवारीसाधन पुगेसँगै अब चीनसँगको सीमा नाका टिप्तालासम्म सडक सञ्जाल विस्तार गर्ने लक्ष्य रहेको छ । सडक विस्तार र स्तरोन्नतिको कामलाई निरन्तरता दिन सके ओलाङचुङगोला हुँदै टिप्ताला नाकासम्म यातायात सञ्चालन गर्न सकिने अपेक्षा गरिएको छ ।

वर्षौंदेखि भौगोलिक विकटता र यातायातको कठिनाइ भोग्दै आएका स्थानीयका लागि ओलाङचुङगोलासम्म सवारीसाधन पुग्नुलाई महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ ।

प्रकाशित मिति : 6:15 am

फरार प्रतिवादीबाट ४२ लाख बढी जरिवाना असुल

ताप्लेजुङ, मङ्सिर १० गते । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले अदालतको

ओलाङचुङगोलामा पुनः पुग्यो सवारीसाधन

ताप्लेजुङ, मङ्सिर १० गते । चीनसँगको सीमा जोडिएको ताप्लेजुङको दुर्गम

मैवाखोला गाउँपालिकाले विपन्न तथा लक्षित वर्गको स्वास्थ्य बीमा गरिदिने

सौगात बिष्ट ताप्लेजुङ, मङ्सिर ९ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले

घरेलु तथा साना उद्योग कार्यालयले सम्मानित हुने पाँच उद्यमीको नाम सार्वजानिक ग¥यो

सौगात बिष्ट ताप्लेजुङ, मङ्सिर ८ गते । घरेलु तथा साना उद्योग

फङफङदेन झरनामा सम्पन्न अलैँची कपको उपाधि मरिक एफसीलाई

ताप्लेजुङ, मङ्सिर ६ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका –४, साँवास्थित