मैवाखोला गाउँपालिकाले विपन्न तथा लक्षित वर्गको स्वास्थ्य बीमा गरिदिने



सौगात बिष्ट

ताप्लेजुङ, मङ्सिर ९ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले गाउँपालिकाभित्रका विपन्न तथा लक्षित वर्गका नागरिकको स्वास्थ्य बीमा गरिदिने भएको छ। गाउँपालिकको ‘अध्यक्ष स्वास्थ्य बीमा (प्रिमियम भुक्तानी) कार्यक्रम सञ्चालन कार्यविधि, २०८३’ अनुसार पालिका भित्रका स्थायी बासिन्दाहरु मध्येबाट विपन्न तथा लक्षित वर्गका नागरिकको स्वास्थ्य बीमा गरिदिने भएको हो ।

नेपाल सरकारबाट सञ्चालित स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत गाउँपालिकाभित्र स्थायी बसोबास गर्ने विपन्न नागरिक तथा विपन्न परिवार, स्वास्थ्य बीमा ऐन तथा नियमावलीबाट पूर्ण रूपमा समेटिन नसकेका अपाङ्गता भएका व्यक्ति, भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, भूमिहीन विपन्न नागरिक तथा एकल महिलाको स्वास्थ्य बीमाको प्रिमियम रकम गाउँपालिकाले भुक्तानी गरिदिने प्रमुख प्रशासकीय अधिकृत टसी शेर्पाले जानकारी दिनुभयो ।

लाभगा्रहीले मंसिर १८ गते भित्र निवेदनसँग नेपाली नागरिकताको प्रतिलिपि, सम्बन्धित वडा कार्यालयको सिफारिस, विपन्नताको प्रमाण वा वडा कार्यलयको विपन्नताको सिफारिस, अपाङ्गता परिचयपत्र, भूमिहीन दलित, भूमिहीन सुकुम्बासीको हकमा आफ्नो वा परिवारको नाममा राज्यभर कतै जग्गा नभएको स्वघोषणा र एकल महिला हकमा एकल महिलाको प्रमाण खुल्ने कागजात पेस गर्न पालिकाले आग्रह गरेको छ।

त्यस्तै, स्वास्थ्य बीमा परिचयपत्र वा बीमा नम्बर भएमा सोको विवरण तथा परिवारका सदस्यहरूको विवरणसमेत उपलब्ध गराउनुपर्नेछ।

तर नेपाल सरकार, प्रदेश सरकार वा अन्य निकायबाट शतप्रतिशत प्रिमियम व्यहोर्ने सुविधा प्राप्त गरिरहेका व्यक्ति वा परिवारलाई भने दोहोरो सुविधा उपलब्ध नगराइने गाउँपालिकाले स्पष्ट पारेको छ।

प्रकाशित मिति : 10:07 am

मैवाखोला गाउँपालिकाले विपन्न तथा लक्षित वर्गको स्वास्थ्य बीमा गरिदिने

सौगात बिष्ट ताप्लेजुङ, मङ्सिर ९ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले

घरेलु तथा साना उद्योग कार्यालयले सम्मानित हुने पाँच उद्यमीको नाम सार्वजानिक ग¥यो

सौगात बिष्ट ताप्लेजुङ, मङ्सिर ८ गते । घरेलु तथा साना उद्योग

फङफङदेन झरनामा सम्पन्न अलैँची कपको उपाधि मरिक एफसीलाई

ताप्लेजुङ, मङ्सिर ६ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका –४, साँवास्थित

अलैँची कपको उपाधिका लागि फेदाप र मरिक भिड्ने

ताप्लेजुङ, मङ्सिर ६ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४, साँवास्थित पर्यटकीय

निःशुल्क आँखा शिविरको पहिलो दिन ६८ जनाको शल्यक्रिया

ताप्लेजुङ, मङ्सिर ६ गते । विश्वविख्यात नेत्ररोग विशेषज्ञ डाक्टर सन्दुक