रेडक्रस ताप्लेजुङको कार्यालय प्रमुखमा अधिकारी



ताप्लेजुङ, कात्तिक १७ गते । नेपाल रेडक्रस सोसाइटी ताप्लेजुङको कार्यालय प्रमुखको जिम्मेवारी मणिष अधिकारीले पाउनुभएको छ । फुङ्लिङ नगरपालिका–८ दोखु निवासी अधिकारीले कार्यालय प्रमुखको जिम्मेवारी पाउनुभएको हो ।

रेडक्रस सोसाइटी ताप्लेजुङका सभापति इन्द्र गुरुङका अनुसार यसअघि रेडक्रसमा कार्यरत रहनुभएका अधिकारीलाई योग्यता, अनुभव र संस्थाको कामबारे जानकार भएकाले जिम्मेवारी दिइएको हो । संस्थाले हाल आन्तरिक आम्दानीबाट कार्यालय सञ्चालन गर्दै आएको छ । नियमित कामका लागि आवश्यक जनशक्ति व्यवस्थापन गर्दै विपद्का बेला थप जनशक्ति परिचालन गर्ने रणनीति संस्थाले बनाएको छ ।

‘मणिष अधिकारी पहिल्यैदेखि यहीँ कार्यरत हुनुहुन्थ्यो । योग्यता पुगेको, इमानदार र रेडक्रसका सबै काम जान्ने भएकाले उहाँलाई नै जिम्मेवारी दिएका हौँ,’ सभापति गुरुङले भन्नुभयो, ‘विपद्का बेला थप जनशक्ति आवश्यक पर्ने भएकाले त्यस्तो अवस्थामा आवश्यकताअनुसार जनशक्ति भर्ना गर्ने योजना बनाएका छौँ ।’

यसअघि कार्यालय प्रमुखको जिम्मेवारीमा रहनुभएका अर्जुन कार्की उमेर हदका कारण २०८३ कात्तिक १ गतेदेखि अनिवार्य अवकाशमा जानुभएको हो । फुङ्लिङ नगरपालिका–२ मेदिबुङ निवासी कार्कीले २०५५ साल असार १ गतेदेखि कार्यालय प्रमुखका रूपमा काम गर्दै आउनुभएको थियो ।

कार्कीले रेडक्रस ताप्लेजुङमा २८ वर्ष चार महिना सेवा गर्नुभएको जनाइएको छ । उहाँको अवकाशसँगै अधिकारीले कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्नुभएको हो । नेपाल रेडक्रस सोसाइटी ताप्लेजुङले विपद्का बेला उद्धार, राहत तथा मानवीय सेवामा सहयोगी भूमिका निर्वाह गर्दै आएको छ ।

प्रकाशित मिति : 1:50 pm

रेडक्रस ताप्लेजुङको कार्यालय प्रमुखमा अधिकारी

ताप्लेजुङ, कात्तिक १७ गते । नेपाल रेडक्रस सोसाइटी ताप्लेजुङको कार्यालय

चो घोण्डे समाजद्वारा अग्निपीडित गुरुङ परिवारलाई ६४ हजार बढी सहयोग

ताप्लेजुङ, कात्तिक १७ गते । ताप्लेजुङ चो घोण्डे समाजले आगलागीबाट

खेबाङमा आजदेखि खेलकुद महोत्सव

ताप्लेजुङ, कात्तिक १६ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आजदेखि

ख्रीष्टियन लिम्बु समाज ताप्लेजुङद्धारा दोभान आगलागीपीडितलाई सिरक वितरण

ताप्लेजुङ, कात्तिक १६ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ दोभान बजारमा

फुङ्लिङमा महागुरु फाल्गुनन्दको जन्मजयन्ती मनाइने

ताप्लेजुङ, कात्तिक १३ गते । ताप्लेजुङको फुङ्लिङमा राष्ट्रिय विभूति महागुरु