ताप्लेजुङ, कात्तिक १७ गते । ताप्लेजुङ चो घोण्डे समाजले आगलागीबाट पीडित फुङ्लिङ नगरपालिका–६ का गुरुङ परिवारलाई आर्थिक सहयोग गरेको छ ।
समाजका सदस्यहरूबाट स्वेच्छिक रूपमा सङ्कलन गरिएको ६४ हजार ८४६ रुपैयाँ अग्निपीडित कुलबहादुर गुरुङ र उहाँका छोरा अर्जुन गुरुङलाई हस्तान्तरण गरिएको हो ।
गत २०८३ असार ८ गते गुरुङ परिवारको मतान (भण्डार गृह) मा आगलागी हुँदा क्षति पुगेको थियो । आगलागीबाट पीडित परिवारलाई राहत पुर्याउने उद्देश्यले समाजका सदस्यहरूले स्वेच्छिक रूपमा रकम सङ्कलन गरेका हुन् ।
समाजले सङ्कलित रकम पीडित परिवारलाई हस्तान्तरण गर्दै सहयोग अभियानमा सहभागी भई आर्थिक सहयोग गर्ने कुलवंशका दाजुभाइप्रति आभार व्यक्त गरेको छ ।
आगलागी तथा विपद्का घटनामा पीडित परिवारलाई राहत र सहयोग पुर्याउन सामाजिक संस्थाहरूले गर्ने यस्ता सहयोगले पीडितलाई केही राहत पुग्ने अपेक्षा गरिएको छ ।






प्रतिक्रिया