फुङ्लिङमा महागुरु फाल्गुनन्दको जन्मजयन्ती मनाइने



ताप्लेजुङ, कात्तिक १३ गते । ताप्लेजुङको फुङ्लिङमा राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनको १४२औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइने भएको छ । किरात धर्म तथा साहित्य उत्थान सङ्घ जिल्ला समिति ताप्लेजुङको आयोजनामा आगामी कात्तिक २५ गते फुङ्लिङ नगरपालिका–६ काहुलेस्थित किरात हाङसाम माङहिममा जन्मजयन्ती मनाउन लागिएको हो ।

जन्मजयन्तीका अवसरमा धार्मिक अनुष्ठान, विभिन्न जातीय सांस्कृतिक झाँकी, महागुरु फाल्गुनन्दको प्रतिमामा माल्यार्पण, दीप प्रज्वलन तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिने सङ्घका सचिव सरोज कङ्लिबाले जानकारी दिनुभएको छ । उहाँका अनुसार कार्यक्रममा महागुरु फाल्गुनन्दको जीवनीमाथि चर्चा, शुभकामना आदानप्रदानलगायत कार्यक्रमसमेत गरिनेछ ।

कात्तिक २२ गतेदेखि कार्यक्रमका लागि उपस्थित हुने तथा २३ गते माङहिम परिसर सजावट र तयारी गर्ने कार्यक्रम छ । कात्तिक २४ गते बिहान साक्मुरा वदेम्मा तथा येत नाम्धुङ लाधुङ सेमिसेवा धार्मिक अनुष्ठान सञ्चालन गरिनेछ । जन्मजयन्तीका दिन कात्तिक २५ गते विभिन्न जातीय सांस्कृतिक झाँकीसहित ¥याली निकालिनेछ ।

¥यालीमा सहभागी हुन बिहान ११ बजे फुङ्लिङको कबडहल लाइन टुक्रेमा भेला हुन आयोजकले आग्रह गरेको छ । सहभागीलाई आफ्नो मौलिक तागामेख्ली पोसाक र माङबाजासहित उपस्थित हुन अनुरोध गरिएको छ ।

किरात धर्मको उत्थान, विश्व शान्ति, मानव एकता र सामाजिक सुधारमा योगदान पु¥याउनुभएका महागुरु फाल्गुनन्दलाई नेपाल सरकारले १६औँ राष्ट्रिय विभूतिको रूपमा सम्मान गरेको छ ।

प्रकाशित मिति : 5:55 pm

फुङ्लिङमा महागुरु फाल्गुनन्दको जन्मजयन्ती मनाइने

ताप्लेजुङ, कात्तिक १३ गते । ताप्लेजुङको फुङ्लिङमा राष्ट्रिय विभूति महागुरु

घरको रेलिङबाट लडेर एक जना घाइते

ताप्लेजुङ, कात्तिक १३ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका–६ मा घरको

ताप्लेजुङदेखि काठमाडौंका लागि हिँडेको बस नावा खोलामा फस्यो, सबै यात्रुको उद्धार

ताप्लेजुङ, कात्तिक १३ गते । तमोर करिडोरअन्तर्गत पाँचथर र धनकुटाको

प्रतिकूल मौसमबाट सतर्क रहन फक्ताङ्लुङको पर्यटक र नागरिकलाई आग्रह

ताप्लेजुङ, कात्तिक १३ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले प्रतिकूल मौसमका

पाथीभरा याङ्वरकमा सम्पन्न आमन्त्रित खुला क्लबस्तरीय पुरुष फुटबलको उपाधि दरिम्बालाई

ताप्लेजुङ, कात्तिक १३ गते । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकामा सम्पन्न