फक्ताङलुङमा हिमाली बस्तीमै पुगेर पशु स्वास्थ्य सेवा



ताप्लेजुङ, असोज २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले भौगोलिक रूपमा विकट हिमाली बस्तीमा पुगेर पशु स्वास्थ्य परीक्षण, उपचार तथा परामर्श सेवा प्रदान गरेको छ । पशुपालकलाई गाउँमै सेवा उपलब्ध गराउने उद्देश्यले गाउँपालिकाले चार हजार २०० मिटर उचाइसम्म पुगेर पशु स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

गाउँपालिकाका पशु स्वास्थ्य प्राविधिकहरूले समुद्र सतहबाट चार हजार २०० मिटर उचाइमा रहेको याङ्मा, तीन हजार ४०० मिटर उचाइको घुन्सा र तीन हजार २०० मिटर उचाइमा रहेको ओलाङचुङगोलामा पुगेर पशु स्वास्थ्य सेवा प्रदान गरेका हुन् ।

गाउँपालिकाका पशु स्वास्थ्य प्राविधिक सञ्जय मेन्याङ्बो लिम्बूका अनुसार शिविरमा पशुको स्वास्थ्य परीक्षण, आवश्यक उपचार तथा पशुपालकलाई परामर्श दिनुका साथै खोरेत रोगविरुद्धको पहिलो चरणको खोपसमेत लगाइएको छ ।

भौगोलिक विकटता र यातायातको असहजताका कारण हिमाली क्षेत्रका पशुपालकलाई पशु स्वास्थ्य संस्थासम्म पुगेर सेवा लिन कठिनाइ हुँदै आएको छ । यस्तो अवस्थामा बस्तीमै पुगेर सेवा प्रदान गर्दा पशुपालकलाई सहज भएको गाउँपालिकाको पशु स्वास्थ्य शाखाका प्रमुख ९सहायक पाँचौँ० शशांक पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार दुर्गम क्षेत्रका पशुपालकलाई प्रत्यक्ष लाभ पुर्‍याउने उद्देश्यले स्थलगत सेवा सञ्चालन गरिएको हो ।

गाउँपालिकाले वडा नं. १ सावादिन, वडा नं. २ खेजेनिम, वडा नं. ३ लिङ्खिम, वडा नं. ४ इखाबु, वडा नं. ५ तापेथोक, वडा नं. ६ लेलेप र वडा नं. ७ ओलाङचुङगोलामा खोरेत रोगविरुद्धको पहिलो चरणको खोप अभियानसमेत सम्पन्न गरेको छ ।

हिमाली क्षेत्रमा पशुपालन स्थानीय बासिन्दाको जीविकोपार्जनको महत्त्वपूर्ण आधार रहेकाले बस्तीमै उपचार, खोप तथा परामर्श सेवा उपलब्ध गराउँदा पशुमा रोगको जोखिम न्यूनीकरण हुनुका साथै पशुपालकलाई सेवा लिन हुने कठिनाइ कम हुने गाउँपालिकाले अपेक्षा गरेको छ ।

प्रकाशित मिति : 7:02 am

फक्ताङलुङमा हिमाली बस्तीमै पुगेर पशु स्वास्थ्य सेवा

ताप्लेजुङ, असोज २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले भौगोलिक रूपमा

रास्वपाले ताप्लेजुङमा एक्सन टिम गठन गर्‍यो

ताप्लेजुङ असोज २७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङले

कञ्चनजङ्घामा पर्यटकको चहलपहल बढ्यो

ताप्लेजुङ, असोज २७ गते । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो

पभोग्य वस्तुमा कृत्रिम अभाव र मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

ताप्लेजुङ, असोज २६ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चाडपर्वलाई