प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई



ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित प्रथम कुलकर्ण महिला फुटसल प्रतियोगिताको उपाधि वीरेन्द्र युवा क्लब फुङ्लिङ–५ ‘ए’ ले जितेको छ । कुलकर्ण फुटसलमा शनिबार भएको फाइनल खेलमा आयोजक ‘बी’ टोलीलाई ३–१ गोलले पराजित गर्दै वीरेन्द्र युवा क्लबले उपाधि जितेको हो । 

वीरेन्द्रका लागि सृजना राजभण्डारीले दुई तथा सम्झना लिम्बूले एक गोल गर्नुभयो । आयोजक टोलीका तर्फबाट अनुसा थाङ्देनले एक गोल फर्काउनुभयो ।

उपाधिसँगै वीरेन्द्र युवा क्लबले २५ हजार रुपियाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता आयोजक टोलीले १५ हजार रुपियाँ नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजकले जनाएको छ ।

प्रतियोगितामा वीरेन्द्रकी सम्झना लिम्बू उत्कृष्ट खेलाडी घोषित हुनुभयो । उदयमान खेलाडीको पुरस्कार साण्डु छोलिङ गोम्पाकी जेनिला भोटियाले प्राप्त गर्नुभयो । त्यस्तै, सर्वाधिक गोलकर्ता आयोजककी अनुसा लिम्बू, उत्कृष्ट गोलरक्षक वीरेन्द्रकी प्रनिता लिम्बू र ज्येष्ठ अनुभवी खेलाडी आयोजक ‘बी’की बविता पोमु घोषित हुनुभयो ।

विजेता तथा उपविजेता टोलीलाई जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष अञ्जना कडरिया, सदस्य गीता पालुङवा, नापी कार्यालय ताप्लेजुङका प्रमुख रजिता श्रेष्ठलगायतले पुरस्कार तथा नगद वितरण गर्नुभयो ।

दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा १८ वटा महिला टोलीको सहभागिता रहेको प्रतियोगिता आयोजक समितिका अध्यक्ष याङकी मादेन शेर्पाले जानकारी दिनुभयो ।


प्रकाशित मिति : 6:06 am

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ

बेपत्ता भएको छ दिनपछि महिला मृत फेला

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी

अमिर राई सिदिङवाको पर्यटन दूत घोषित

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन