रास्वपा ताप्लेजुङद्वारा प्रवक्ताको जिम्मेवारी पौडेललाई



ताप्लेजुङ, असार २६ गते ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जिल्ला समिति ताप्लेजुङले पार्टीको प्रवक्ताको जिम्मेवारी लिला प्रसाद पौडेललाई प्रदान गरेको छ । पार्टीले जिल्ला सचिव पौडेललाई प्रवक्ताको जिम्मेवारी प्रदान गरिएको हो ।

बिहीबार बसेको जिल्ला समिति बैठकको निर्णयअनुसार पौडेललाई प्रवक्ताको जिम्मेवारी प्रदान गर्ने निर्णय गरिएको जिल्ला समिति सभापति राजन कुमार गुरुङले जानकारी दिनुभयो । नयाँ जिम्मेवारीसँगै पौडेलले अब जिल्ला समितिको आधिकारिक धारणा सार्वजनिक गर्ने, सञ्चारकर्मीसँग समन्वय गर्ने तथा पार्टीका कार्यक्रमबारे जानकारी प्रवाह गर्ने भूमिका निर्वाह गर्नुहुनेछ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले पछिल्लो समय जिल्ला सङ्गठनलाई थप सक्रिय र व्यवस्थित बनाउने अभियान सञ्चालन गरिरहेको छ । सोही अभियानअन्तर्गत विभिन्न जिल्लामा जिम्मेवारी हेरफेर तथा थप गर्ने क्रम जारी रहेको जनाइएको छ ।

प्रकाशित मिति : 8:40 pm

आठराई त्रिवेणीका सबै वडामा बर्थिङ सेन्टर सञ्चालन

ताप्लेजुङ, भदौ ९ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाका पाँचवटै

ताप्लेजुङ गोल्डकप : भाग्यशाली एक जना दर्शकले स्कुटर पाउने

ताप्लेजुङ, भदौ ७ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपको

सद्भाव र विश्वशान्तिको कामना गर्दै मुक्कुमलुङ साहित्यिक पदयात्रा

ताप्लेजुङ, भदौ ७ गते । ताप्लेजुङमा साहित्यको माध्यमबाट आपसी सद्भाव,

मुक्कुमलुङ साहित्यिक प्रतिष्ठानको अध्यक्षमा हेल्लोक

ताप्लेजुङ, भदौ ७ गते । मुक्कुमलुङ साहित्यिक प्रतिष्ठानको अध्यक्षमा मनिष

ताप्लेजुङ गोल्डकपको खेल तालिका सार्वजनिक

ताप्लेजुङ, भदौ ४ गते । अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कपको