दुर्गादल गुल्मका गुल्मपति उमेश खड्काको सरुवा



ताप्लेजुङ, साउन ६ गते । ताप्लेजुङका दुर्गादल गुल्मका गुल्मपति उमेश खड्काको सरुवा भएको छ । अब गुल्ममा नयाँ गुल्मपतिको रुपमा कितार्थ शमशेर जवराले जिम्मेवारी सम्हाल्नु हुने भएको छ ।

जवरा ताप्लेजुङ आई सक्नु भएको छ । जवराले सैनिक जनसम्पर्क निर्देशनालयमा समेत रहेर कार्य सम्पादन गरिसक्नु भएको छ । अघिल्लो बर्षको साउन १ गते ताप्लेजुङ आउनु भएका खड्काले दुर्गादल गुल्मको गुल्मपतिको रुपमा बर्षदिन कार्यभार सम्हाल्नु भएको हो ।

असल समन्वयकर्ता, विपद् व्यवस्थापनमा दखल र जिम्मेवारीप्रति असल दायित्ववोधको कार्यशैलीका कारण खड्का ताप्लेजुङबासीमाझ असल सुरक्षा अधिकारीको रुपमा दरिनु भएको थियो ।

यसअघि सशस्त्र प्रहरी वल नेपाल नं. १ गुल्म हेडक्वाटर कञ्चनजंघाका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक प्रमोदप्रकाश पाठकको पनि सरुवा भइसकेको छ । अब कञ्चनजंघा गुल्मको जिम्मेवारी सशस्त्र प्रहरी नायव उपरीक्षक धनबहादुर बोहोराले सम्हाल्नु हुने छ ।

बोहोरा समेत जिम्मेवारी सम्हाल्न गुल्ममा आइसक्नु भएको छ । पाठक अघिल्लो बर्षको साउन २ गते कञ्चनजंघा गुल्मको गुल्मपतिको रुपमा आउनु भएको थियो ।

प्रकाशित मिति : 6:33 am

ताप्लेजुङ युके युवा समाजद्धारा क्यान्सर तथा मिर्गौला पीडितलाई आर्थिक सहयोग

ताप्लेजुङ, कात्तिक १० गते । ताप्लेजुङ युके युवा समाज बेलायतले

फङ्फङदेन झरना पर्यटन मेला मंसिर २ देखि, फुटबल विजेतालाई तीन लाख बराबरको अलैँची

ताप्लेजुङ, कात्तिक १० गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा आयोजना हुने

दोभानका आगलागी पीडितलाई ख्रीष्टियन समाजको तीन लाख ७६ हजार राहत

ताप्लेजुङ, कात्तिक २ गते । जिल्ला ख्रीष्टियन समाज ताप्लेजुङले दोभान

ताप्लेजुङमा तीन महिनामै एक करोड बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ, असोज ३१ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले

फक्ताङलुङमा हिमाली बस्तीमै पुगेर पशु स्वास्थ्य सेवा

ताप्लेजुङ, असोज २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले भौगोलिक रूपमा