दुर्गादल गुल्मका गुल्मपति उमेश खड्काको सरुवा



ताप्लेजुङ, साउन ६ गते । ताप्लेजुङका दुर्गादल गुल्मका गुल्मपति उमेश खड्काको सरुवा भएको छ । अब गुल्ममा नयाँ गुल्मपतिको रुपमा कितार्थ शमशेर जवराले जिम्मेवारी सम्हाल्नु हुने भएको छ ।

जवरा ताप्लेजुङ आई सक्नु भएको छ । जवराले सैनिक जनसम्पर्क निर्देशनालयमा समेत रहेर कार्य सम्पादन गरिसक्नु भएको छ । अघिल्लो बर्षको साउन १ गते ताप्लेजुङ आउनु भएका खड्काले दुर्गादल गुल्मको गुल्मपतिको रुपमा बर्षदिन कार्यभार सम्हाल्नु भएको हो ।

असल समन्वयकर्ता, विपद् व्यवस्थापनमा दखल र जिम्मेवारीप्रति असल दायित्ववोधको कार्यशैलीका कारण खड्का ताप्लेजुङबासीमाझ असल सुरक्षा अधिकारीको रुपमा दरिनु भएको थियो ।

यसअघि सशस्त्र प्रहरी वल नेपाल नं. १ गुल्म हेडक्वाटर कञ्चनजंघाका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक प्रमोदप्रकाश पाठकको पनि सरुवा भइसकेको छ । अब कञ्चनजंघा गुल्मको जिम्मेवारी सशस्त्र प्रहरी नायव उपरीक्षक धनबहादुर बोहोराले सम्हाल्नु हुने छ ।

बोहोरा समेत जिम्मेवारी सम्हाल्न गुल्ममा आइसक्नु भएको छ । पाठक अघिल्लो बर्षको साउन २ गते कञ्चनजंघा गुल्मको गुल्मपतिको रुपमा आउनु भएको थियो ।

प्रकाशित मिति : 6:33 am

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन

तिम्बुङ अन्तर्राष्ट्रिय ट्रेल रनमा सञ्जय राई प्रथम

ताप्लेजुङ, भदौ २६ गते । तेस्रो अन्तर्राष्ट्रिय तिम्बुङ ट्रेल रन

स्थापना दिवसमा याःलाङ (फोटो फिचर) 

ताप्लेजुङ, भदौ २१ गते । किराँत याक्थुङ चुम्लुङको ३८ औँ

प्रेस युनियन ताप्लेजुङको अध्यक्षमा फुरुम्बो

ताप्लेजुङ, भदौ २१ गते । नेपाल प्रेस युनियन ताप्लेजुङको अध्यक्षमा

ताप्लेजुङ गोल्डकपको भाग्यमानी दर्शक विशाल लिम्बू 

ताप्लेजुङ, भदौ २० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाका विशाल लिम्बू