भारी वर्षाको सम्भावना, राष्ट्रिय विपद् प्राधिकरणद्वारा उच्च सतर्कता अपनाउन आग्रह



ताप्लेजुङ, असार १५ गते । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी असार १६ र १७ गते देशका विभिन्न प्रदेशमा मनसुनी गतिविधि सक्रिय भई भारी वर्षाको सम्भावना रहेकाले सबैलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

प्राधिकरणले जारी गरेको सूचनाअनुसार जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानका आधारमा मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षा र एक–दुई स्थानमा धेरै भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ। साथै देशका पहाडी तथा तराईका धेरै स्थान र हिमाली भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ।

भारी वर्षासँगै आकस्मिक बाढी, पहिरो, भूक्षय, गेग्रान बहाव, नदी कटान तथा सहरी र तराई क्षेत्रमा डुबानको जोखिम बढ्न सक्ने भएकाले सर्वसाधारणलाई आवश्यक पूर्वतयारीसहित उच्च सतर्कता अपनाउन प्राधिकरणले अनुरोध गरेको छ।

प्राधिकरणले विशेष गरी खोला, खहरे तथा नदी आसपासबाट यात्रा गर्ने, पहिरोको जोखिम भएका बस्तीमा बसोबास गर्ने तथा नदी किनारका नागरिकलाई सचेत रहन आग्रह गरेको छ। डुबानको जोखिम भएका बस्तीका बासिन्दालाई सुरक्षित तथा उँचो स्थानको पहिचान गरी आवश्यक परेमा तत्काल सुरक्षित स्थानमा जान पनि अनुरोध गरिएको छ।

यसका साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, स्थानीय तह, स्वयंसेवक तथा अन्य सरोकारवाला निकायलाई विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन निर्देशन दिइएको छ। जोखिमयुक्त राजमार्ग तथा सडकहरूमा अवरोध हटाउन डोजर, एक्साभेटर, लोडरलगायत आवश्यक उपकरण तयारी अवस्थामा राख्न पनि प्राधिकरणले सम्बन्धित निकायलाई अनुरोध गरेको छ। विपद्को जोखिमलाई ध्यानमा राखी मौसमसम्बन्धी आधिकारिक सूचना नियमित रूपमा पछ्याउन र आवश्यक सावधानी अपनाउन सबैमा आग्रह गरिएको छ।

प्रकाशित मिति : 6:19 am

कञ्चनजंघा सहकारीको नाफा १३ लाख ९५ हजार

ताप्लेजुङ, असोज १६ गते । कञ्चनजंघा सामुदायिक बहुमुखी सहकारी संस्था

तोक्मेडाँडामा यात्रु सहायता कक्ष सञ्चालन

ताप्लेजुङ, असोज १६ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका–४ तोक्मेडाँडामा यात्रुको

कांग्रेस महाधिवेशनका लागि ताप्लेजुङबाट ३२ प्रतिनिधि चयन

ताप्लेजुङ, असोज १७ गते । नेपाली कांग्रेसको आगामी १५औँ महाधिवेशनका

छैटौँ सिरिजङ्गा गोल्डकप मंसिर २३ देखि

ताप्लेजुङ, असोज १६ गते। ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–४ तेल्लोकमा छैटौँ संस्करणको

अरिङ्गाल झार्ने क्रममा लडेर एक जनाको मृत्यु

ताप्लेजुङ, असोज १५ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका–१ का एक