दलित पत्रकार तथा उत्कृष्ट विद्यार्थी सम्मानित



ताप्लेजुङ, जेठ २३ गते । २० औँ जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसको अवसरमा ताप्लेजुङका दलित पत्रकार तथा एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने दलित विद्यार्थी सम्मानित भएका छन् । दिवसको अवसरमा दलित एकता समाज ताप्लेजुङले जिल्लाका विभिन्न सञ्चारक्षेत्रमा योगदान पुर्याएका दलित पत्रकार र उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको हो ।

दिवसको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा पत्रकारिता क्षेत्रमा प्रवेश गरि सूचना प्रवाह गर्ने सराहनीय कार्य गरेकाले पुर्वसञ्चारकर्मी सहित ७ जनालाई सम्मान गरिएको समाजका अध्यक्ष अम्बर बहादुर विश्वकर्माले जानकारी दिनुभयो । उहाँका अनुसार पत्रकार सन्तोष पुर्कुटी, बिक्रम लामगादे, किरण गदाईली, एलिना दियाली, सुनिता रसाइली र अनिषा विकलाई सम्मान गरिएको हो । यस्तै सञ्चारक्षेत्रमा योगदान पु¥याएका पूर्व सञ्चारकर्मीहरु नविन लामगादे, जीवन कालिकोटेलाई समेत सम्मान गरिएको उहाँले जानकारी दिनुभयो । उहाँहरूलाई खादा लगाएर सम्मान पत्र प्रदान गरि सम्मान गरिएको अध्यक्ष विकले बताउनुभयो ।

समाजका अनुसार दलित समुदायबाट एसईई फुङलिङ नगरपालिकाबाट उत्कृष्ट नतिजा ल्याउने ५ जना दलित विद्यार्थीलाई समेत सम्मान गरिएको छ । फुङलिङ नगरपालिका भित्रका ५ ओटा सामुदायिक विद्यालयबाट उत्कृष्ट नजित ल्याउने विद्यार्थीलाई नगद सहित सम्मान गरिएको बताइएको छ । दलित अगुवा नेत्र नेपालीका अनुसार सिद्धकाली माविकी चन्द्रकला विक, विरेन्द्र माविकी सपना विक, कञ्चन एकेडेमीका अन्जान परियार, जनता माविकी करिना नेपाली र भानुजन माविकी दिलुसा नेपालीलाई सम्मान गरिएको हो । सम्मानित पत्रकार तथा विद्यार्थीलाई फुङलिङ नगरपालिकाका प्रमुख अमिर मादेन, सहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टराई लगायत अतिथिले सम्मान पत्र प्रदान गर्नु भएको थियो ।

दलित समुदायका अन्य व्यक्तिलाई समेत सकारात्मक कार्यमा प्रोत्साहन गर्न सम्मान कार्यक्रम राखिएको समाजले जनाएको छ । गत वर्षका कार्यक्रममा अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गरिएको समाजले स्मरण गराएको छ ।

प्रकाशित मिति : 6:15 am

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ

बेपत्ता भएको छ दिनपछि महिला मृत फेला

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी

अमिर राई सिदिङवाको पर्यटन दूत घोषित

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन

तिम्बुङ अन्तर्राष्ट्रिय ट्रेल रनमा सञ्जय राई प्रथम

ताप्लेजुङ, भदौ २६ गते । तेस्रो अन्तर्राष्ट्रिय तिम्बुङ ट्रेल रन