शान्ति सुरक्षा थप सुदृढ बनाइने डिएसपी जोशीको भनाई



ताप्लेजुङ, जेठ १५ गते । ताप्लेजुङका नयाँ प्रहरी प्रमुख (डिएसपी) उमेश जोशीले जिल्लाको शान्ति सुरक्षाको अवस्था थप सुदृढ बनाइने बताउनुभएको छ । बिहीबार सञ्चारकर्मीसँग परिचयात्मक कार्यक्रममा बोल्नुहुँदै उहाँले शान्ति सुरक्षा कुनै सम्झौताहीन विषय भएकाले यसमा कुनै कमजोरी हुन नदिइने स्पष्ट पार्नुभएको हो ।

कार्यभार सम्हालेसँगै जिल्लाको समग्र अवस्थाबारे प्रारम्भिक जानकारी लिइसकेको र आवश्यक ‘एक्सन’ समेत सुरु गरिएको डिएसपी जोशीले बताउनुभयो । उहाँले अत्यधिक गति भएका सवारीसाधनमाथि निगरानी बढाइएको तथा आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको बताउनुभयो ।

सदरमुकाम फुङलिङमा बढ्दो सवारी जाम व्यवस्थापन गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई निर्देशन दिइसकेको उहाँले बताउनुभयो । पार्किङ व्यवस्थापनका लागि कार्ययोजना तयार पारिएको र चाँडै कार्यान्वयनमा ल्याइने उहाँको भनाइ छ ।

उहाँले लागुऔषध दुव्र्यसन नियन्त्रण, अवैध सवारीसाधनको प्रयोग रोकथाम तथा अन्तरसीमा गतिविधिमाथि नियमित निगरानी गरिने जानकारी दिनुभयोय । चीन र भारतसँग जोडिएको ताप्लेजुङको भौगोलिक संवेदनशीलतालाई ध्यानमा राखेर सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाइने उहाँको भनाई छ ।

सञ्चार क्षेत्रसँग सहकार्य गर्दै सूचनामा सहज पहुँच प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएका डिएसपी जोशीले विपद्का पूर्वतयारी तथा प्रतिकार्यमा पनि समुदायसँग निरन्तर समन्वय गरिने बताउनुभयो ।

डिएसपी बेदप्रसाद गौतमको सरुवा भएपछि गत आइतबार जोशी ताप्लेजुङ जिल्ला आउनुभएको हो ।

प्रकाशित मिति : 6:27 am

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन

तिम्बुङ अन्तर्राष्ट्रिय ट्रेल रनमा सञ्जय राई प्रथम

ताप्लेजुङ, भदौ २६ गते । तेस्रो अन्तर्राष्ट्रिय तिम्बुङ ट्रेल रन

स्थापना दिवसमा याःलाङ (फोटो फिचर) 

ताप्लेजुङ, भदौ २१ गते । किराँत याक्थुङ चुम्लुङको ३८ औँ

प्रेस युनियन ताप्लेजुङको अध्यक्षमा फुरुम्बो

ताप्लेजुङ, भदौ २१ गते । नेपाल प्रेस युनियन ताप्लेजुङको अध्यक्षमा

ताप्लेजुङ गोल्डकपको भाग्यमानी दर्शक विशाल लिम्बू 

ताप्लेजुङ, भदौ २० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाका विशाल लिम्बू