ताप्लेजुङमा गरियो नमुना विपद् अभ्यास प्रदर्शन



ताप्लेजुङ, जेठ १५ गते । ताप्लेजुङमा नमुना विपद् अभ्यास प्रदर्शन गरिएको छ । मनसुनजन्य विपद्को सम्भावित जोखिमलाई मध्यनजर गर्दै बिहीबार बाढी तथा पहिरोका बेला गरिने उद्धार सम्बन्धी नमूना विपद् अभ्यास प्रदर्शन गरिएको गरिएको हो ।

दोभानस्थित मैवाखोला गाउँपालिका र मेरिङदेन गाउँपालिकाको संगम स्थलमा नमुना अभ्यास प्रदर्शन गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको अगुवाइमा गरिएको अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त सहभागिता रहेको थियो ।

नेपाली सेनाको दुर्गादल गुल्मको संयोजनमा सम्पन्न अभ्यासमा बाढीका कारण खोला किनार तथा नदी खोँचमा फसेर उद्धारको पर्खाइमा रहेका पीडितलाई सुरक्षित स्थानमा कसरी ल्याउने भन्ने विषयमा व्यवहारिक प्रशिक्षण दिइएको थियो । हेलिकोप्टर उपलब्ध नभएको अवस्थामा डोरीको प्रयोग मार्फत खोला पार गर्ने, नदीको बीच भागमा पुगेर उद्धार गर्ने तथा माथिल्लो भागबाट डोरी मार्फत जोखिममा परेकालाई सुरक्षित स्थानमा ल्याउने विधिबारे अभ्यास गरिएको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईंले जानकारी दिनुभयो ।

उहाँका अनुसार मनसुनको समयमा बाढी, पहिरो तथा खोलामा आउने आकस्मिक बहावका कारण हुन सक्ने जोखिम न्यूनीकरणका लागि यस्ता अभ्यास प्रभावकारी हुने छ । दुर्गादल गुल्मका गुल्मपति (सेनानी) उमेश खड्का अनुसार अभ्यासका क्रममा नदी तथा खोलामा फसेकालाई प्रत्यक्ष उद्धार गर्ने, डोरी मार्फत सुरक्षित स्थानमा ल्याउने तथा विपद्को समयमा सुरक्षाकर्मीले अपनाउने रणनीतिबारे समेत प्रदर्शन गरिएको थियो ।

कार्यक्रममा मेरिङदेन गाउँपालिकाका अध्यक्ष युक हाङ वीर हाङगाम (डम्बर), दुर्गादल गुल्मका गुल्मपति (सेनानी) उमेश खड्का, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेश जोशी, सशस्त्र प्रहरी बल नेपाल नम्बर १ गुल्म हेडक्वार्टर कञ्चनजङ्घाका गुल्मपति प्रमोद प्रकाश पाठक, नेपाल पत्रकार महासङ्घ ताप्लेजुङ शाखाका अध्यक्ष सुवास आचार्य, पूर्व अध्यक्ष खगेन्द्र अधिकारी लगायत जनप्रतिनिधि साथै स्थानीय सरोकारवालाको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : 8:46 pm

बसाइँ सराईका लागि सिरिजङ्घामा जग्गा खरिद अनिवार्य

ताप्लेजुङ, जेठ २५ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र

रोकिएको केबुलकार चाँडो सुरु गर्न माग 

ताप्लेजुङ, जेठ २५ गते । रोकिएको निर्माणाधीन केबुलकार परियोजना चाँडो

विकास आयोजनाहरू शीघ्र सम्पन्न गर्न दबाब दिन फुङलिङमा वृहत् शान्ति र्‍याली हुँदै

ताप्लेजुङ, जेठ २४ गते । ताप्लेजुङमा सञ्चालन तथा निर्माणाधीन विकास

श्रम संस्कृति पार्टीद्वारा मुधिङकोक्मा पार्क क्षेत्रमा सरसफाइ 

ताप्लेजुङ, जेठ २४ गते । श्रम संस्कृति पार्टी ताप्लेजुङले जिल्लाको

रास्वपा ताप्लेजुङको सभापतिमा गुरुङ

ताप्लेजुङ, जेठ २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङ