पाथीभरामा भरियालाई आवेदन दिन अनिवार्य



ताप्लेजुङ, वैशाख २१ गते । पाथीभरा मन्दिर क्षेत्रमा खटिने तीर्थयात्री सहजकर्ता (भरिया) लाई आवेदन दिन अनिवार्य गरिएको छ । भरियालाई व्यवस्थित गर्न पाथीभरा क्षेत्र विकास समितिले आवेदन दिन अनिवार्य गरेको हो ।

समितिले एक सूचना जारी गर्दै नयाँ तथा पुराना सबै सहजकर्तालाई तोकिएको समयभित्र विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । यसअघि काफ्लेपाटी फेदीस्थित होटल व्यवसायी संघमार्फत परिचय पत्र लिएर काम गर्दै आएका भरियाहरूको विषयमा समितिलाई जानकारी रहेको उल्लेख गर्दै अब उहाँहरूलाई समितिको मातहतमा रही काम गर्ने व्यवस्था मिलाइएको समितिका कार्यकारी निर्देशक प्रजीन हाङ्बाले बताउनुभयो ।

उहाँका अनुसार पाथीभरा क्षेत्रमा आउने दर्शनार्थीको सहजता, सुरक्षा र सेवा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन यस्तो निर्णय गरिएको हो । सूचना अनुसार, १८ वर्ष पूरा भई ५५ वर्ष ननाघेका उमेर समूहका सबै तीर्थयात्री सहजकर्ताले वैशाख २४ गतेसम्म आवश्यक कागजातसहित आवेदन दिनु पर्ने छ ।

समितिले पाथीभरा क्षेत्र विकास समितिको फेदीस्थित सम्पर्क कार्यालयमा उपस्थित भई फारम भर्न अनुरोध गरेको छ । निर्धारित समयभित्र फारम नभरिएमा सेवा सञ्चालनमा समस्या आउन सक्ने भन्दै समयमै प्रक्रिया पूरा गर्न सबैलाई आग्रह गरिएको छ ।

पाथीभरा मन्दिरमा वर्षभरि देश तथा विदेशबाट हजारौँ भक्तजन आउने गर्दछन् । तीर्थयात्रीलाई सामान बोक्न तथा यात्रामा सहयोग गर्न भरियाहरूको महत्वपूर्ण भूमिका रहने भएकाले उनीहरूको व्यवस्थापनलाई प्राथमिकतामा राखिएको समितिले जनाएको छ ।

प्रकाशित मिति : 6:33 am

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ

बेपत्ता भएको छ दिनपछि महिला मृत फेला

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी

अमिर राई सिदिङवाको पर्यटन दूत घोषित

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन

तिम्बुङ अन्तर्राष्ट्रिय ट्रेल रनमा सञ्जय राई प्रथम

ताप्लेजुङ, भदौ २६ गते । तेस्रो अन्तर्राष्ट्रिय तिम्बुङ ट्रेल रन