हाइड्रोपावरको निःशुल्क स्वास्थ्य शिविर : ४ सय १७ जना लाभान्वित 



ताप्लेजुङ, बैशाख १९ गते । सानिमा मिडल तमोर हाइड्रोपावर लिमिटेडले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा चार सय बढी स्थानीय नागरिकले सेवा लिएका छन् । जिल्लाको आठराई त्रिवेणी गाउँपालिका अन्तर्गत चाँगे क्षेत्रमा सञ्चालन गरिएको उक्त शिविरमा पहिलो दिनमै ४ सय १७ जनाले विभिन्न स्वास्थ्य सेवा प्राप्त गरेका हुन् ।

शिविर शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र डिचेन डोङ्ला स्मारक आँखा उपचार केन्द्रको प्राविधिक सहयोगमा चाँगेको तिरतिरेस्थित जालपादेवी आधारभूत विद्यालयमा सञ्चालन गरिएको थियो । शिविरमा जनरल स्वास्थ्य जाँच, मिर्गौला रोग परीक्षण, युरोलोजी, कार्डियोलोजी, स्त्री तथा प्रसूति रोग परीक्षण, आँखा जाँच, भिडियो एक्स–रे, इसिजी, इको तथा ल्याब परीक्षण जस्ता सेवा प्रदान गरिनुका साथै निःशुल्क औषधि वितरण गरिएको आयोजनाका प्रशासन प्रमुख तथा वातावरण अधिकृत करण गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार १०४ जनाको भिडियो एक्स–रे परीक्षण गर्दा ३६ जनामा कलेजोमा बोसो जमेको (फ्याटी लिभर) समस्या देखिएको छ भने ८ जनामा हेपाटोमेगाली भेटिएको छ । त्यस्तै ५ जनामा मिर्गौलामा पानीको फोका तथा पत्थरीको समस्या देखिएको जनाइएको छ । इसिजी परीक्षण गरिएका २७ जनामध्ये ४ जनामा समस्या देखिएको छ भने ५८ जनाको मुटुको इको परीक्षण गर्दा २३ जनामा समस्या पुष्टि भएको छ ।

स्वास्थ्य शिविरमा विशेषगरी पेटसम्बन्धी समस्या, उच्च रक्तचाप, कलेजोसम्बन्धी रोग, बाथ, मधुमेह तथा दमका बिरामी बढी भेटिएका थिए । यसैगरी ३१ जनाको स्त्री तथा प्रसूति रोग परीक्षण गर्दा १० जनामा पाठेघरको सङ्क्रमण र ३ जनामा पिसाब सङ्क्रमण देखिएको गौतमले बताउनुभयो । ३३८ जनाको ल्याब परीक्षण गर्दा १४ जनामा पिसाबमा प्रोटिन चुहावट र ११ जनामा पिसाबमा चिनी (सुगर) देखिएको तथ्याङ्क सार्वजनिक गरिएको छ ।

स्वास्थ्य परीक्षणपछि पहिचान भएका बिरामीहरूलाई निःशुल्क औषधि वितरण गरिएको आयोजनाले जनाएको छ । शिविरले दुर्गम क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पु¥याएको स्थानीयको भनाइ छ ।

शिविरको दोस्रो दिन शनिबार मिक्वाखोला गाउँपालिका–२ स्थित आयोजनाको विद्युत गृह क्षेत्रमा पनि वृहत स्वास्थ्य शिविर सञ्चालन हुने जनाइएको छ । आयोजनाले उक्त शिविरमा सहभागी भई सेवा लिन सबैलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : 6:59 am

हाइड्रोपावरको निःशुल्क स्वास्थ्य शिविर : ४ सय १७ जना लाभान्वित 

ताप्लेजुङ, बैशाख १९ गते । सानिमा मिडल तमोर हाइड्रोपावर लिमिटेडले

मेरिङदेनमा शिविर मार्फत ५८ कुकुर तथा बिरालोको बन्ध्याकरण 

ताप्लेजुङ, बैशाख १९ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले कुकुर तथा

ताप्लेजुङमा निःशुल्क आँखा शिविर सञ्चालन हुने

ताप्लेजुङ, बैशाख १६ गते । ताप्लेजुङमा निःशुल्क आँखा परीक्षण तथा

मेरिङदेनले रेविज नियन्त्रणका लागि निःशुल्क बन्ध्याकरण शिविर सञ्चालन गर्ने

ताप्लेजुङ, बैशाख १३ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले रेविज रोग

अवैध रूपमा सञ्चालनमा रहेका व्यवसायलाई १५ दिनभित्र दर्ता गर्न फुङलिङ नगरपालिकाको आग्रह

ताप्लेजुङ, बैशाख १२ गते । ताप्लेजुङको फुङलिङ नगरपालिकाले दर्ता नगरी