कञ्चनजङ्घा आधार शिविरको सरसफाइ



ताप्लेजुङ, माघ २७ गते । ताप्लेजुङको कञ्चनजङ्घा आधार शिविर क्षेत्रको सरसफाइ गरिएको छ । हेल्थ इन्भाइरोन्मेन्ट एण्ड क्लाइमेन्ट एक्सन फाउण्डेसन (हेक्याफ–३६०) ले जिल्लाको सिरिजङ्घा गाउँपालिकामा अवस्थित कञ्चनजङ्घा आधार शिविरको ओक्ताङ क्षेत्रमा पुगी सरसफाइ गरेको हो । 

स्वास्थ्य, वातावरण र जलवायुमा परिरहेको असर न्यूनीकरणका लागि काम गर्दै आएको हेक्याफ–३६० ले हिमाली क्षेत्रमा फोहरजन्य सामग्री शून्य बनाउने अभियान सुरु गरे सँगै कञ्चनजङ्घा आधार शिविर क्षेत्रमा सरसफाइ गरेको छ ।

हेक्याफ–३६० ले फोहोरको वर्गीकरण गरी सोही अनुसार उचित र प्रभावका व्यवस्थापनमा ध्यान दिनुपर्ने कार्यलाई अभियानको रुपमा अघि बढाइएको जनाएको छ । यो सँगै कञ्चनजङ्घा आधार शिविर क्षेत्रमा फोहरजन्य सामाग्रीको अवस्था बारे अध्ययन समेत गरेको हो । 

मङ्गलवार फुङलिङमा आयोजित कार्यक्रममा हेक्याफ–३६० का कार्यकारी निर्देशक मोचन भट्टराईले कञ्चनजङ्घा आधार शिविर क्षेत्रमा फोहरजन्य सामाग्रीको अवस्थाको अध्ययन भएको जानकारी दिनुभयो । उहाँका अनुसार हेक्याफ–३६० ले पाइलट प्रोजेक्टको रुपमा कञ्चनजङ्घा आधार शिविरमा फोहरजन्य सामग्रीको अवस्था र व्यवस्थापनको कार्य गरिएको थियो ।

सरसफाइको क्रममा करिव २७ किलोग्राम प्लाष्टिकजन्य फोहोर सङ्कलन भएको हिमाल सरसफाइ अभियानका एक अभियन्ता पिके शेर्पाले बताउनुभयो । सङ्कलित फोहोरलाई वर्गीकरण गरी उच्च प्रदुषण हुने फोहोरलाई काठमाडौँ लगिने शेर्पाले जानकारी दिनुभयो । 

प्रकाशित मिति : 4:34 pm

आईटी एकेडेमीबाट दीक्षित भएका प्रशिक्षार्थीलाई प्रमाणपत्र 

 ताप्लेजुङ, चैत १९ गते । ताप्लेजुङमा रहेको एक मात्र आईटी

मेरिङ्देन गाउँपालिकाले स्नातक तह अध्ययन गर्ने विद्यार्थीको शुल्क तिरिदिने 

ताप्लेजुङ, चैत १८ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले उच्च शिक्षा

पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

ताप्लेजुङ, चैत १४ गते । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ

पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

ताप्लेजुङ, चैत १४ गते । पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

ताप्लेजुङ, चैत १३ गते । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र