ताप्लेजुङमा १६ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु



ताप्लेजुङ, माघ २४ गते । ताप्लेजुङमा १६ औँ राष्ट्रपति रनिङ शिल्ड अन्तरपालिका स्तरीय प्रतियोगिता सुरु भएको छ । जिल्लाको सिदिङवा गाउँपालिकास्थित साब्लाखुको टावर डाँडामा निर्मित रङ्गशालामा सुरु भएको हो । 

जिल्ला खेलकुद विकास समिति ताप्लेजुङले सिदिङबा गाउँपालिकाको आर्थिक सहयोगमा प्रतियोगिता सुरु भएको हो । आगामी माघ २६ गतेसम्म जारी रहने प्रतियोगिता कोशी प्रदेश पूर्वमन्त्री तथा प्रदेश सभा सदस्य तिलकुमार मेन्याङको प्रमुख आतिथ्यतामा सुरु भएको छ । 

शुक्रबार भएको उद्घाटन सत्रमा विभिन्न जातजाति झल्कने नृत्यु सहित केन्जो फुलको प्रतिमालाई अनावरण समेत गरिएको छ । विषश गरी सिदिङ्वा गाउँपालिकाले केन्जो फुल राजधानि बनाउनका लागि पहल पनि अघि सारेको छ । सिदिङ्वा गाउँपालिकामा धेरै केन्जो फुल पाइन्छ । 

६६ स्वर्ण, ६६ रजत र ७० काश्यका लागि जिल्लाका नौ ओटा स्थानीय तहबाट छनोट भएका उत्कृष्ट खेलाडीहरूलाई सहभागिता गराइएको छ । ग्रामीण भेगमा केन्द्रीकृत गरिएको प्रतियोगिता २०७९ सालदेखि खेलकुद विकास समितिले फरक फरक पालिकामा सञ्चालन गर्दै आइरहेको छ । यहाँबाट विभिन्न विधामा छनोट भएका उत्कृष्ट खेलाडीलाई प्रदेश स्तरीय प्रतियोगितामा सहभागी गराइने अध्यक्ष नरेन्द्रकुमार लिम्बू ९गणेश०ले बताउनु भएको छ ।

प्रतियोगितामा सहभागिताका लागि करिब ११ सय बढी खेलाडी तथा  अफिसियल साब्लाखुमा केन्द्रीकृत भएका छन् । उद्‌घाटन समारोहमा विभिन्न पालिकाका अध्यक्ष, उपाध्यक्ष लगायतका जनप्रतिनिधि, पालिकाका कर्मचारी, स्थानीयको उपस्थिति रहेको थियो । कार्यक्रममा विभिन्न समुहले विविध जातजातिका नृत्य तथा खेलाडीहरूले मार्च पास प्रस्तुत गरेका थिए ।

 

प्रकाशित मिति : 6:22 am

प्रसिद्ध तीर्थस्थल पाथीभरामा पुनः हिमपात

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा

रिफाइन गरियो पाथीभरामा दर्शनार्थीले चढाएको सुनचाँदी

ताप्लेजुङ, चैत २६ गते । पाथीभरामा दर्शनार्थीले चढाएको सुनचाँदी प्रशोधन

ताप्लेजुङको आठराई त्रिवेणीमा साताको एक दिन मात्र बिदा

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले सातामा

ताप्लेजुङमा कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगितामा सुरु

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङमा कोशी प्रदेश स्तरीय छैटौँ

महाशिवरात्रि फुटबलको उपाधि तेह्रथुमलाई

ताप्लेजुङ, चैत २२ गते । ताप्लेजुङमा सम्पन्न भएको विशेष महाशिवरात्रि