सुपर काबेली ‘ए’ ले साधारण शेयर निष्कासन गर्ने 



ताप्लेजुङ, माघ १८ गते । सुपर काबेली ‘ए’ जलविद्युत आयोजनाले साधारण शेयर निष्कासन गर्ने भएको छ । आयोजनाले ९ लाख ३७ हजार ५ सय कित्ता साधारण शेयर निष्कासन गर्ने भएको हो । 

आयोजनाका अति प्रभावित क्षेत्रका लागि ४ लाख ६८ हजार ७ सय ५० र आयोजना प्रभावित क्षेत्रका लागि ४ लाख ६८ हजार ७ सय ५० कित्ता शेयर निष्कासन गर्न लागिएको आयोजना जनसम्पर्क अधिकृत मेघनाथ ढुङ्गानाले जानकारी दिनुभएको छ। उहाँका अनुसार सिरिजङ्गा गाउँपालिकाको वडा नं ८ याम्फुदिनमा निर्माण गरिएको जलविद्युत आयोजनाको अति प्रभावित क्षेत्र याम्फुदिन रहेको छ। 

आयोजनाको प्रभावित क्षेत्र सिरिजङ्गा गाउँपालिका–१ सिनाम, २ आम्बेगुदिन, ३ सिकैचा, ४ तेल्लोक, ५ पेदाङ, ६ मामाङ्खे र ७ खेवाङसहित सिदिङ्वा गाउँपालिका–५ लिम्बुदिन र ६ मेहेले, पाथीभरा याङवरक गाउँपालिका–५ चाक्सिबोटे र ६ थुम्बेदिन साथै पाँचथरको हिलिहाङ गाउँपालिका–१ रहेको छ।

आयोजनाका जनसम्पर्क अधिकृत ढुङ्गानाका अनुसार साधारण शेयर निष्कासनका लागि अनुमति प्राप्त भई अबको केही अवधिमै शेयर निष्कासनको सार्वजनिक आवह्वान गर्ने तयारी छ । स्नो रिभर्स लिमिटेडले निर्माण गरेको १३।५ मेगावाट क्षमताको सुपर काबेली ‘ए’ जलविद्युत आयोजनाबाट यसअघि नै औपचारिक रूपमा विद्युत उत्पादन सुरु भइसकेको छ । 

सिरिजङ्घा गाउँपालिका–८ याम्फुदिनस्थित आयोजनाको उत्पादन पाँचथरको हिलिहाङ गाउँपालिकामा रहेको नेपाल विद्युत प्राधिकरणको १३२ केभिए क्षमताको अमरपुर सवस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो । याम्फुदिनस्थित विद्युत गृहबाट ३१ किलोमिटर दूरीमा रहेको अमरपुर सवस्टेसनसम्मको विद्युत प्रसारण प्रणालीमार्फत सुपर काबेली ‘ए’ जलविद्युत आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण लाइनमा समाहित भएको छ ।

२०७९ साल मंसिर अन्तिम सातादेखि सुरु भएको आयोजनाको निर्माण २ अर्ब ६३ करोड २९ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो ।

प्रकाशित मिति : 6:31 am

बसाइँ सराईका लागि सिरिजङ्घामा जग्गा खरिद अनिवार्य

ताप्लेजुङ, जेठ २५ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र

रोकिएको केबुलकार चाँडो सुरु गर्न माग 

ताप्लेजुङ, जेठ २५ गते । रोकिएको निर्माणाधीन केबुलकार परियोजना चाँडो

विकास आयोजनाहरू शीघ्र सम्पन्न गर्न दबाब दिन फुङलिङमा वृहत् शान्ति र्‍याली हुँदै

ताप्लेजुङ, जेठ २४ गते । ताप्लेजुङमा सञ्चालन तथा निर्माणाधीन विकास

श्रम संस्कृति पार्टीद्वारा मुधिङकोक्मा पार्क क्षेत्रमा सरसफाइ 

ताप्लेजुङ, जेठ २४ गते । श्रम संस्कृति पार्टी ताप्लेजुङले जिल्लाको

रास्वपा ताप्लेजुङको सभापतिमा गुरुङ

ताप्लेजुङ, जेठ २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङ