ताप्लेजुङमा निर्वाचन प्रहरीका लागि ९५० आवेदन



ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङमा निर्वाचन प्रहरीका लागि ९५० जनाले आवेदन दिएका छन् । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभाको निर्वाचनका लागी ९५० जनाले आवेदन दिएका हुन् । 

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा ८९४ जना र सशस्त्र प्रहरी बल नेपाल नं. १ गुल्म हेडक्वार्टर कञ्चनजङ्घामा ५६ जना गरी जम्मा ९५० जनाले आवेदन दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डीएसपी वेद प्रसाद गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार ताप्लेजुङका लागी ८९२ जना निर्वाचन प्रहरीको माग गरिएको थियो । 

माघ १ गते सम्मको लागी आवेदन खुला गरिएको पति माग अनुसार आवेदन नपरेकाले पुनः माघ ३ गते सम्मको लागी म्याद थप गरिएको थियो । अब सोमबारदेखि बुधबारसम्म आवेदकहरूको प्रारम्भिक शारीरिक परिक्षण सुरु गरिने सूचना अधिकारी तथा प्रवक्ता प्रहरी निरीक्षक जट्टा शंकर यादवले जानकारी दिनुभयो । उहाँका अनुसार आवेदकले नागरिकता र प्रवेश पत्र सहित उपस्थित हुनु पर्ने छ ।

आवेदकको परीक्षा भानु जन माविको खेल मैदानमा सञ्चालन गरिने छ । 

प्रकाशित मिति : 5:57 pm

पाथीभरामा दर्शनार्थीले चढाएको सुन लिलामी भएन, चाँदी भने प्रतितोला ४ हजार ३ सय रुपैयाँमा लिलाम हुँदै 

ताप्लेजुङ, माघ ४ गते । पाथीभरामा दर्शनार्थीले चढाएको सुन लिलामीका

प्रथम माघेमेला गोल्ड कप : आयोजक र लालीगुँरास फाइनलमा प्रवेश

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम

ताप्लेजुङमा निर्वाचन प्रहरीका लागि ९५० आवेदन

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङमा निर्वाचन प्रहरीका लागि ९५०

प्रथम माघेमेला गोल्ड कप : आज सेमिफाइनलका खेल हुने

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम

ताप्लेजुङमा नेकपाबाट परागको उम्मेद्वारी पक्का  

ताप्लेजुङ, माघ ३ गते । आगामी फागुन २१ गते हुने