ताप्लेजुङमा नेकपाबाट परागको उम्मेद्वारी पक्का  



ताप्लेजुङ, माघ ३ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यका लागि नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट ताप्लेजुङमा खेलप्रसाद बूढाक्षेत्री  ‘पराग’को  उम्मेद्वारी पक्का भएको छ । शनिबार पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टिकट हस्तान्तरण गर्नुभएका सँगै ‘पराग’को उम्मेद्वारी पक्का भएको हो । 

पार्टीका केन्द्रिय सदस्य समेत रहनुभएका  ‘पराग’ जिल्लाबाट एकल सिफारिस हुनुभएको थियो । ‘पराग’ गत २०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा तत्कालीन काङ्ग्रेस-माओवादी गठबन्धनबाट साझा उम्मेद्वार हुनुभएको थियो । 

तर, उहाँ एमाले उपमहासचिव योगेश भट्टराई सँग २०८ को झिनो मतान्तरले पराजित हुनुभएको थियो । नेता ‘पराग’ ले उम्मेदवारीका लागि सिफारिस भएबाट नै जिल्लामा निर्वाचन लक्षित गतिविधिलाई तीव्रता दिनुभएको छ । 
 

प्रकाशित मिति : 6:52 pm

ताप्लेजुङमा नेकपाबाट परागको उम्मेद्वारी पक्का  

ताप्लेजुङ, माघ ३ गते । आगामी फागुन २१ गते हुने

तेस्रो वरकदेन गोल्ड कप : थलङको विजयी यात्रा सुरु 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको मेरिङदेन–५ वरकदेनमा सञ्चालन भएको

प्रथम माघेमेला गोल्ड कप : लालीगुँरास सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ, माघ ३ गते । लालीगुँरास स्पोर्टिङ क्लब सुरुमखिम ताप्लेजुङको

प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि हुने

ताप्लेजुङ । प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि

प्रथम माघेमेला गोल्ड कप : आज लालिगुराँस र झापा भिड्दै 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम