ताप्लेजुङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना



ताप्लेजुङ, माघ २ गते । ताप्लेजुङमा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। ताप्लेजुङ जिल्ला अदालतसँगै रहनेगरी शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयको जिल्ला न्यायाधीश एवम् मुख्य निर्वाचन अधिकृत विकास श्रेष्ठले उद्घाटन गर्नुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयको स्थापनासँगै आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रक्रिया जिल्लामा औपचारिक रुपमा सुरु भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गर्नुहुँदै मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीस श्रेष्ठले आगामी निर्वाचनलाई व्यवस्थित र मर्यादित रुपमा सम्पन्न गर्न जिल्लावासी मतदाता, राजनीतिक दललगायत सबै पक्षको सहयोग अनिवार्य हुने बताउनुभयो । उहाँले निर्वाचनलाई भयरहित, शान्तिपूर्ण र मर्यादित रुपमा सम्पन्न गराउन सबै पक्षलाई सहयोगका लागि अपिलसमेत गर्नुभयो ।

कार्यालय उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँले निर्वाचनलाई मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि जिल्लास्थित सबै सुरक्षा संयन्त्र जिम्मेवार रहने र मुख्य निर्वाचन अधिकृतको कार्यालयसँग समन्वय गरेर काम गर्ने बताउनुभयो । प्रजिअ सेढाइँले निर्वाचनलाई मर्यादित बनाउन निर्वाचन आचारसंहिता सहितका कानुनी व्यवस्थालाई सबैले पालना गर्न पनि आग्रह गर्नुभयो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन कार्यक्रममा जिल्लास्थित नेपाली सेनाको दुर्गादल गुल्मका गुल्मपति सेनानी विक्रम खड्का, ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतम, सशस्त्र प्रहरी बल नेपाल नं। १ गुल्म हेडक्वार्टर कञ्चनजङ्घाका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक प्रमोदप्रकाश पाठक, जिल्ला निर्वाचन अधिकारी धनराज श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : 4:13 pm

बसाइँ सराईका लागि सिरिजङ्घामा जग्गा खरिद अनिवार्य

ताप्लेजुङ, जेठ २५ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र

रोकिएको केबुलकार चाँडो सुरु गर्न माग 

ताप्लेजुङ, जेठ २५ गते । रोकिएको निर्माणाधीन केबुलकार परियोजना चाँडो

विकास आयोजनाहरू शीघ्र सम्पन्न गर्न दबाब दिन फुङलिङमा वृहत् शान्ति र्‍याली हुँदै

ताप्लेजुङ, जेठ २४ गते । ताप्लेजुङमा सञ्चालन तथा निर्माणाधीन विकास

श्रम संस्कृति पार्टीद्वारा मुधिङकोक्मा पार्क क्षेत्रमा सरसफाइ 

ताप्लेजुङ, जेठ २४ गते । श्रम संस्कृति पार्टी ताप्लेजुङले जिल्लाको

रास्वपा ताप्लेजुङको सभापतिमा गुरुङ

ताप्लेजुङ, जेठ २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङ