रिड नेपालद्धारा फक्ताङलुङका १५४ शिक्षकलाई तालिम 



ताप्लेजुङ, पुस २४ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा शैक्षिक तथा शिक्षण सिकाइ सामग्री निर्माण तालिम सुरु भएको छ । ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड नेपाल)को आयोजनामा गाउँपालिकाका तीनवटा वडाका १ सय ५४ शिक्षकहरूका लागि उक्त तालिम सुरु भएको हो । 

विहिबारबाट सुरु भएको तालिम फक्ताङलुङ गाउँपालिका–३ सिंवामा अवस्थित सिंवा माध्यमिक विद्यालयमा ७ दिन सम्म चल्ने छ । फक्ताङलुङ गाउँपालिकाका वडा नं १ सावादिन, वडा नं २ खेजेनिम र वडा नं ३ लिङखिमका विद्यालयहरूमा कार्यरत शिक्षकहरूका लागि संयुक्त रुपमा तालिम आयोजना गरिएको रिड नेपालका ताप्लेजुङ प्रबन्धक राजेन्द्रप्रसाद पन्तले जानकारी दिनुभयो । 

फक्ताङलुङ गाउँपालिकाका तीनवटा रिड नेपालको भर्खरै कार्यक्षेत्र बिस्तार हुँदा रिडको कार्यक्षेत्रमा समेटिएका हुन् । कार्यक्षेत्रमा बिस्तार भएपछि सेवा क्षेत्रका शिक्षकहरूका लागि पहिलोपटक यस्तो तालिमको आयोजना गरिएको रिड नेपालका शिक्षा विकास अधिकृत अमृता थलङले जानकारी दिनुभयो । 

कार्यक्षेत्र बिस्तार हुनुभन्दा अघि रिड नेपालले फक्ताङलुङ गाउँपालिकाको वडा नं ४ इखाबु, वडा नं ५ तापेथोक, वडा नं ६ लेलेप र वडा नं ७ ओलाङचुङगोला तथा सिरिजङ्गा गाउँपालिकाको वडा नं ८ याम्फुदिन, ७ खेवाङ र ६ मामाङ्खेका विद्यालयहरूमा काम गर्दै आएको थियो ।

हिमालयन ट्रष्ट युकेको आर्थिक सहयोगमा फक्ताङलुङ गाउँपालिकासँग समन्वय गरेर रिड नेपालले ताप्लेजुङको उत्तरी दुर्गम क्षेत्रका विद्यालयहरूमा सीप विकास, पूर्वाधार विकास र दक्षता विकासका कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ । 

प्रकाशित मिति : 6:03 pm

तेस्रो वरकदेन गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २५ गते। ताप्लेजुङमा तेस्रो वरकदेन गोल्ड कप सञ्चालन

रिड नेपालद्धारा फक्ताङलुङका १५४ शिक्षकलाई तालिम 

ताप्लेजुङ, पुस २४ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा शैक्षिक तथा

सशस्त्र प्रहरीद्धारा जिल्ला कारगार ताप्लेजुङलाई खेलकुद सामाग्री हस्तान्तरण

रेडियो काबेलीताप्लेजुङ । सशस्त्र प्रहरी बल नेपाल नं. १ गुल्म

ताप्लेजुङमा सवारी साधन कारबाहीबाट दुई लाख बढी राजश्व सङ्कलन

ताप्लेजुङ, पुस २३ गते । ताप्लेजुङमा सवारी साधन कारबाहीबाट दुई