सशस्त्र प्रहरीद्धारा जिल्ला कारगार ताप्लेजुङलाई खेलकुद सामाग्री हस्तान्तरण




रेडियो काबेली
ताप्लेजुङ ।
सशस्त्र प्रहरी बल नेपाल नं. १ गुल्म हेडक्वाटर कञ्चनजंघा ताप्लेजुङले जिल्ला कारगार ताप्लेजुङलाई खेलकुद सामाग्री हस्तान्तरण गरेको छ । २५ औँ सशस्त्र प्रहरी दिवस २०८२ को अवसरमा बुधबार जिल्ला कारागार ताप्लेजुङलाई फुटबल भलिबल लगायतका खेलकुद सामाग्री हस्तान्तरण गरेको हो ।


कैदीबन्दीहरुलाई मनोरञ्जन तथा शारिरीक व्यायाम समेतको लागि प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईको प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजना गरि जिल्ला कारागारका प्रशासक कुलेन्द्र खवासलाई खेलकुद सामाग्री हस्तान्तरण गरिएको सशस्त्र प्रहरी नायव उपरीक्षक प्रमोद प्रकाश पाठकले बताउनुभयो ।

सशस्त्र प्रहरी बल नेपाल नं. १ गुल्म हेडक्वाटर कञ्चनजंघा ताप्लेजुङले स्थापना दिवसको अवसरमा जिल्लाका धार्मिक एवं सार्वजनिक स्थलहरु सरसफाई, सचेतनामुलक कक्षाहरु संचालन लगायतका कार्यक्रमहरु संचालन गरि रहेको प्रहरी नायब उपरीक्षक पाठकले बताउनुभयो ।

प्रकाशित मिति : 8:20 pm

पाथीभरा दर्शन गर्न आएका वृद्ध बेपत्ता

ताप्लेजुङ, फागुन १७ गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरको दर्शनका

ओलीका लागी भोट माग्न योगेश झापा प्रस्थान

ताप्लेजुङ, फागुन १६ गते । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराई

ताप्लेजुङमा मादक पदार्थ बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध

ताप्लेजुङ, फागुन १५ गते । ताप्लेजुङमा मादक पदार्थ बिक्री वितरण

निर्वाचन सामग्रीसहित मतदान अधिकृत प्रस्थान

ताप्लेजुङ, फागुन १५ गते । ताप्लेजुङको चार हिमाली बस्तीका निर्वाचन

ताप्लेजुङमा पत्रकारलाई आचारसंहिता तालिम 

सौगात विष्टताप्लेजुङ, फागुन १४ गते । ताप्लेजुङमा पत्रकार आचारसंहिता तथा