मन्त्र ब्याण्डको लाईभ कन्सर्टबाट १२ लाख बढी बचत




रेडियो काबेली
ताप्लेजुङ । मन्त्र ब्याण्डको लाईभ कन्सर्टबाट १२ लाख बढी रकम बचत भएको छ । मातृभुमि ब्याण्डको १५ औँ बार्षिक उत्सव तथा मन्त्र ब्याण्डको हो म नेपाली टुरको अवसरमा गत मंसिर २ गते भएको लाईभ कन्सर्टबाट १२ लाख ४६ हजार रुपैँया बचत भएको हो । ङावरक सञ्जुम्बो फुङलेङको आयोजनामा फुङलिङस्थित माछापोखरीमा सामुदायिक भवन निमार्णका लागि मन्त्र ब्याण्ड सहित मातृभुमि ब्याण्डको लाईभ कन्सर्टको टिकट र विभिन्न दाताहरुबाट ३७ लाख ४ हजार ३ सय २६ रुपैँया उठेको र जस मध्ये १८ लाख ८९ हजार ७ सय ४० रुपैँया खर्च भएको ङावरक सञ्जुम्बो फुङलेङका कोषाध्यक्ष राजदिप मादेनले बताउनुभयो ।

शनिबार बिरेन्द्र चोकमा हिसाब किताव सार्वजनिक कार्यक्रमको आयोजना गर्दै ङावरक सञ्जुम्बो फुङलेङले विभिन्न व्यक्ति तथा संस्थाले प्रतिवद्धता जनाउनुभएको ५ लाख ६८ हजार ५ सय ८६ रुपैँया उठ्न बाँकी रहेको जनाएको छ । उक्त रकम उठेपछि बचत रकम १८ लाख १४ हजार ५ सय ८६ रुपैँया पुग्नेछ । सामुदायिक भवन निर्माणका लागि जग्गा खरिदका लागि आवश्यक रकम पुगेको र आगामी दिनमा भवन निर्माणको कामलाई अगाडी बढाउन आवश्यक सहयोेगको अपेक्षा गरिएको कोषाध्यक्ष मादेनले बताउनुभयो । भवनले फुङलिङ नगरपालिका भित्रका सम्पुर्ण सामाजिक, साँस्कृतिक कार्यक्रम र खेलकुद गतिवीधि सञ्चालनका लागि सहज हुने बताईएको छ ।

प्रकाशित मिति : 9:05 pm

घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङमार्फत रोजगारीका लागि दुई सय बढीलाई तालिम

ताप्लेजुङ, साउन ५ गते । ताप्लेजुङमा घरेलु तथा साना उद्योग

भूमि प्रशासन कार्यालय ताप्लेजुङद्वारा ४ करोडभन्दा बढी राजस्व सङ्कलन

ताप्लेजुङ, साउन ४ गते । भूमि प्रशासन कार्यालय ताप्लेजुङले चार

फक्ताङलुङमा ६० देखि ७० वर्षका नागरिकलाई मासिक भत्ता

ताप्लेजुङ, साउन ३ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले ६० देखि

सवारी कारबाहीबाट ८ लाख ७ हजार बढी राजश्व सङ्कलन 

ताप्लेजुङ, साउन ३ गते । ताप्लेजुङमा सवारी कारबाहीबाट ८ लाख

भारी वर्षाको सम्भावित जोखिमलाई मध्यनजर गर्दै ताप्लेजुङमा उच्च सतर्कता अपनाउन आग्रह

ताप्लेजुङ, साउन २ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले भारी