मन्त्र ब्याण्डको लाईभ कन्सर्टबाट १२ लाख बढी बचत




रेडियो काबेली
ताप्लेजुङ । मन्त्र ब्याण्डको लाईभ कन्सर्टबाट १२ लाख बढी रकम बचत भएको छ । मातृभुमि ब्याण्डको १५ औँ बार्षिक उत्सव तथा मन्त्र ब्याण्डको हो म नेपाली टुरको अवसरमा गत मंसिर २ गते भएको लाईभ कन्सर्टबाट १२ लाख ४६ हजार रुपैँया बचत भएको हो । ङावरक सञ्जुम्बो फुङलेङको आयोजनामा फुङलिङस्थित माछापोखरीमा सामुदायिक भवन निमार्णका लागि मन्त्र ब्याण्ड सहित मातृभुमि ब्याण्डको लाईभ कन्सर्टको टिकट र विभिन्न दाताहरुबाट ३७ लाख ४ हजार ३ सय २६ रुपैँया उठेको र जस मध्ये १८ लाख ८९ हजार ७ सय ४० रुपैँया खर्च भएको ङावरक सञ्जुम्बो फुङलेङका कोषाध्यक्ष राजदिप मादेनले बताउनुभयो ।

शनिबार बिरेन्द्र चोकमा हिसाब किताव सार्वजनिक कार्यक्रमको आयोजना गर्दै ङावरक सञ्जुम्बो फुङलेङले विभिन्न व्यक्ति तथा संस्थाले प्रतिवद्धता जनाउनुभएको ५ लाख ६८ हजार ५ सय ८६ रुपैँया उठ्न बाँकी रहेको जनाएको छ । उक्त रकम उठेपछि बचत रकम १८ लाख १४ हजार ५ सय ८६ रुपैँया पुग्नेछ । सामुदायिक भवन निर्माणका लागि जग्गा खरिदका लागि आवश्यक रकम पुगेको र आगामी दिनमा भवन निर्माणको कामलाई अगाडी बढाउन आवश्यक सहयोेगको अपेक्षा गरिएको कोषाध्यक्ष मादेनले बताउनुभयो । भवनले फुङलिङ नगरपालिका भित्रका सम्पुर्ण सामाजिक, साँस्कृतिक कार्यक्रम र खेलकुद गतिवीधि सञ्चालनका लागि सहज हुने बताईएको छ ।

प्रकाशित मिति : 9:05 pm

ताप्लेजुङ युके युवा समाजद्धारा क्यान्सर तथा मिर्गौला पीडितलाई आर्थिक सहयोग

ताप्लेजुङ, कात्तिक १० गते । ताप्लेजुङ युके युवा समाज बेलायतले

फङ्फङदेन झरना पर्यटन मेला मंसिर २ देखि, फुटबल विजेतालाई तीन लाख बराबरको अलैँची

ताप्लेजुङ, कात्तिक १० गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा आयोजना हुने

दोभानका आगलागी पीडितलाई ख्रीष्टियन समाजको तीन लाख ७६ हजार राहत

ताप्लेजुङ, कात्तिक २ गते । जिल्ला ख्रीष्टियन समाज ताप्लेजुङले दोभान

ताप्लेजुङमा तीन महिनामै एक करोड बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ, असोज ३१ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले

फक्ताङलुङमा हिमाली बस्तीमै पुगेर पशु स्वास्थ्य सेवा

ताप्लेजुङ, असोज २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले भौगोलिक रूपमा