अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमको जिल्ला स्तरीय प्रगति समिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न




रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमको जिल्ला स्तरीय प्रगति समिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला समन्वय समिती ताप्लेजुङको आयोजना, कोशी प्रदेशको सामाजिक विकास मन्त्रालय र करुणा फाउण्डेशनको सहकार्य एवं राष्ट्रिय अपाङ्गता महासंघ नेपालको प्राविधिक सहयोगमा आईतबार सदरमुकाम फुङलिङमा प्रगति समिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा जिल्लामा रहेका नौ वटै स्थानीय तहले गत आर्थिक वर्ष ( २०८१÷०८२) मा गरेका कार्यक्रम र चालु आर्थिक वर्ष ( २०८२÷०८३) को पहिलो त्रैमासिकसम्म सम्पन्न भएका कार्यक्रमको बारेमा करुणा फाउण्डेशनका व्यवस्थापक कमल कोईरालाले विवरण प्रस्तुत गर्नुभएको थियो । अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम अन्तर जिल्लाका नौ वटै स्थानीय तहमा सम्बन्धित स्थानीय तह, कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र करुणा फाउण्डेशनको समान लागत साझेदारीमा विभिन्न कार्यक्रम सञ्चालन भई रहेको छ । जस अन्तरगत शुभकामना कार्ड वितरण, गर्भ पुर्व र गर्भ पश्चात फोलिक एसिड वितरण, नवजात शिशुको जन्मदोष परिक्षण र जन्मदोष पहिचान भएका नवजात शिशुको उपचार कार्यक्रम सञ्चालन भईरहेका छन् ।

त्यस्तै १० वर्ष मुनिका बालबालिकाको विद्यालयमा स्वास्थ्य परीक्षण, अपाङ्गता भएका बालबालिकाको शिक्षाका लागि छात्रवृत्ति वितरण, सामाजिक सुरक्षा भत्तामा पहुँच, स्वास्थ्य उपचार सहयोग प्रदान गरि रहेको जनाईएको छ । अपाङ्गता भएका व्यक्तिलाई सहायक सामाग्री सहयोग, सिपमुलक तथा व्यवसायिक तालिम र व्यवसाय सञ्चालनमा सहयोग, स्वास्थ्य बिमामा आवद्धता तथा नविकरण, अपाङ्गता भएका वयस्क व्यक्तिहरुको मिलिजुली समुह समुह गठन, अपाङ्गता भएका व्यक्तिहरुको संस्था र सहकारी दर्ता लगायत सहयोग कार्यक्रम सञ्चालन भई रहेको छ ।

राष्ट्रिय जनगणना २०७८ अनुसार जिल्लामा अपाङ्गता भएका व्यक्तिको संख्या २ हजार ९ सय ७८ रहेको भएता पनि प्रस्तुत विवरण अनुसार हालसम्म जिल्लामा २ हजार ५ सय ३० जना अपाङ्गता भएका व्यक्तिको मात्रै पहिचान भईसकेको छ । बाँकी ४ सय ४८ जनाको पहिचान गर्ने क्रम जारी रहेको बताईएको छ । प्रस्तुत विवरण अनुसार जिल्लामा सबैभन्दा बढी १ हजार ३ सय ७९ जना शारिरीक अपाङ्गता भएका व्यक्ति, बहु अपाङ्गता भएका २ सय ९६ जना, दृष्टि सम्बन्धि २ सय ६८ जना, सुनाई सम्बन्धी २ सय २७ जना र मानसिक तथा मनोसामाजिक सम्बन्धी अपाङ्गता भएका १ सय ४२ व्यक्ति रहेका छन् ।

त्यस्तै स्वर बोलाई सम्बन्धि ९७ जना, बौद्धिक सम्बन्धी ६७ जना, अपाङ्गताको प्रकार नखुलेका २४ जना, अटिजम भएका २२ जना र श्रवण दृष्टिविहिन ८ जना रहेका छन् । ति मध्ये हाल सम्म २ हजार ४ सय ९५ जनाले अपाङ्गता परिचयपत्र प्राप्त गरि सकेका छन् भने ३५ जनालाई परिचय पत्र वितरणको प्रक्रियामा रहेको जनाईएको छ । कार्यक्रममा विवरण प्रस्तुत गर्दै करुणा फाउण्डेशनका व्यवस्थापक कोईरालाले कार्यक्रमहरु आर्थिक वर्षको चौथो त्रैमासिकमा मात्रै अत्याधिक रुपमा सञ्चालन भएकोले कार्यक्रम सम्पन्न भएपनि यसको गुणस्तरतर्फ ध्यान दिनुपर्नेे बताउनुभयो ।

जिल्लामा प्रमुख प्रशासकिय अधिकृत तथा लेखा प्रमुखको छोटो छोटो समयमा हुने सरुवा तथा रिक्तता हुँदा समयमै काम गर्न कठिन भएको, अपाङ्गता भएका व्यक्तिलाई तालिम प्रदायक संस्थाहरुको कमी भएको, महिला तथा बालबालिका शाखामा दरबन्दी अनुसार कर्मचारी नहुँदा समस्या भएको, राज्यले व्यवस्था गरेको छात्रवृति, निशुल्क स्वास्थ्य बिमा र यातायातमा छुट नदिईने समस्या रहेको आँैल्याईएको छ ।

यसैबिच अपाङ्गता भएका व्यक्तिहरुलाई आ–आफ्ना सेवा प्रवाहमा प्राथमिकतामा राख्न, स्थानीय तहहरुमा कार्यक्रम सञ्चालन÷अनुगमनका क्रममा कार्यक्रम बारे चासो राख्न, सरकारबाट अपाङ्गता भएका व्यक्तिहरुका लागि तोकिएका सेवा सुविधा सुनिश्चित गर्न, सरकारले तोकेअनुसारका संरचनाहरुको पहुँचमा सुनिश्चित गर्न सरोकारवाला व्यक्ति तथा निकायलाई अनुरोध गरिएको छ ।

प्रकाशित मिति : 7:23 pm

अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमको जिल्ला स्तरीय प्रगति समिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमको जिल्ला

तीन सातादेखि ठप्प रहेको तमोर जलविद्युतको उत्पादन सुरु

ताप्लेजुङ, पुस २० गते । सानिमा मिडल तमोर हाइड्रोपावरको विद्युत

प्रथम मानाभारा गोल्डकपको उपाधि माछापोखरीलाई 

ताप्लेजुङ, पुष २० गते । प्रथम मानाभारा गोल्डकपको उपाधि माछापोखरी

षड्यन्त्रमा देश फसेको छ : छितिज थेबे 

ताप्लेजुङ, पुस २० गते । नेकपा एमालेका केन्द्रीय सदस्य तथा

स्थायित्व र विश्वासिलो लोकतन्त्रका लागि यो निर्वाचन माइलस्टोन : योगेश भट्टराई

ताप्लेजुङ, पुस २० गते । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले