तीन सातादेखि ठप्प रहेको तमोर जलविद्युतको उत्पादन सुरु



ताप्लेजुङ, पुस २० गते । सानिमा मिडल तमोर हाइड्रोपावरको विद्युत उत्पादन सुरु भएको छ । करिब तीन साता अघिदेखि उत्पादन ठप्प रहेको ७३ मेगावट क्षमताको विद्युत उत्पादन पुन सुरु भएको हो ।

ताप्लेजुङमा उत्पादन गरेका मध्ये सबैभन्दा धेरै क्षमताको जलविद्युत सानिमाको गत मङ्सिर अन्तिम सातादेखि उत्पादन ठप्प भएको थियो । पावर हाउस ९विद्युत गृह० लगायतको क्षेत्रमा प्राविधिक समस्या उत्पन्न भएकाले विद्युत उत्पादन अवरुद्ध भएको थियो ।

उपकरणहरूमा आएको समस्या समाधान पछि शनिबार रातिदेखि विद्युत उत्पादन सुरु भएको जलविद्युत कार्यालयका प्रशासन प्रमुख तथा वातावरण अधिकृत करण गौतमले जानकारी दिनुभयो । केही उपकरणमा प्राविधिक समस्या उत्पन्न भएकै समयमा हरेक वर्ष गर्नुपर्ने नियमित मर्मत तालिकाको कार्यलाई समेत एकै सथा गरि उत्पादन सुरु गरिएको अधिकृत गौतमको भनाइ छ ।

जलविद्युतको उत्पादन करिब दुई वर्ष अघिदेखि सुरु भएको थियो । उत्पादित विद्युतलाई बसन्तपुर सबस्टेसन मार्फत केन्द्रीय प्रसारण लाइनमा समाहित गरिएको छ । मैवाखोला गाउँपालिकाको ढुङ्गेसाँघु सबस्टेसनमा एक सय ३२ केभिए क्षमताको मात्र उपकरण रहेकाले वसन्तपुर सबस्टेसन मार्फत जडान गरिएको हो ।

प्रकाशित मिति : 6:45 pm

पाथीभरामा हिमपात

ताप्लेजुङ, फागुन १२ गते । ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा

आज ग्याल्पो ल्होसार : सार्वजनिक बिदा

ताप्लेजुङ, फागुन ६ गते । शेर्पा समुदायले आज विभिन्न कार्यक्रम

साउदीको रियादमा १०औँ सगरमाथा गोल्डकप आयोजना हुँदै

काठमाडौँ । साउदी अरबको राजधानी रियाद मा १०औँ संस्करणको ‘सगरमाथा

ताप्लेजुङको आवाज बन्ने छु : क्षितिज थेबे

ताप्लेजुङ, फागुन ४ गते । आगामी फागुन २१ गते हुने

डिजिटल वक्तृत्वकलामा विद्वता पोखरेल प्रथम

ताप्लेजुङ, फागुन २ गते । ताप्लेजुङको पाथिभरा बहुमुखी क्याम्पसमा सञ्चालन