स्थायित्व र विश्वासिलो लोकतन्त्रका लागि यो निर्वाचन माइलस्टोन : योगेश भट्टराई



ताप्लेजुङ, पुस २० गते । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले आगामी फागुन २१ गते हुने निर्वाचन विगतको भन्दा अलिक फरक रहेको बताउनुभएको छ । गृहजिल्ला ताप्लेजुङको फुङलिङ बजार पुग्नुभएको भट्टराईले यस्तो बताउनुभएको हो ।

प्रेस चौतारी नेपाल ताप्लेजुङको आयोजनामा आइतबार सम्पन्न भएको पत्रकार सम्मेलनमा बोल्नु हुँदै पूर्व मन्त्री तथा प्रतिनिधि सभा सदस्य समेत रहनुभएका भट्टराईले आगामी फागुन २१ गते हुने निर्वाचनले विश्वस्त ढङ्गले लोकतन्त्रको स्थायित्व गर्ने बताउँनुभयो ।

उहाँले भन्नुभयो ‘अहिले लोकतन्त्रमाथि हमला भएको छ । सात सालदेखि अन्तिम भन्दै आएको क्रान्ति अझै अन्तिम हुन सकेको छैन, त्यसैले लोकतन्त्रको रक्षको एउटा स्थायित्व र विश्वासिलो लोकतन्त्रका लागि यो निर्वाचन माइलस्टोन हो ।’

जनताका प्रतिनिधिले बनाएको संविधान माथि हमला भएको उहाँको भनाई थियो । त्यसैले संविधानलाई पुन जीवित गर्न यो निर्वाचनको अर्को महत्वपूर्ण भूमिका रहेको उहाँले बताउनुभयो । त्यसैले यो संविधानको रक्षको लडाइमा लोकतन्त्रका पक्षधरलाई विजय गराउनुभयो उहाँको माग थियो ।

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा एमालेको तर्फबाट भट्टराईसहित पाँच जनाको नाम सिफारिस गरेको छ । शनिबार बसेको एमाले जिल्ला कमिटी बैठकले केन्द्रीय सदस्यद्वय तिलकुमार मेन्याङ्बो र क्षितिज थेबे, टङ्क आङ्बुहाङ र भिमादेवी ओझाको नाम सिफारिस गरेको हो ।

प्रकाशित मिति : 10:30 am

पाथीभरा दर्शन गर्न आएका वृद्ध बेपत्ता

ताप्लेजुङ, फागुन १७ गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरको दर्शनका

ओलीका लागी भोट माग्न योगेश झापा प्रस्थान

ताप्लेजुङ, फागुन १६ गते । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराई

ताप्लेजुङमा मादक पदार्थ बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध

ताप्लेजुङ, फागुन १५ गते । ताप्लेजुङमा मादक पदार्थ बिक्री वितरण

निर्वाचन सामग्रीसहित मतदान अधिकृत प्रस्थान

ताप्लेजुङ, फागुन १५ गते । ताप्लेजुङको चार हिमाली बस्तीका निर्वाचन

ताप्लेजुङमा पत्रकारलाई आचारसंहिता तालिम 

सौगात विष्टताप्लेजुङ, फागुन १४ गते । ताप्लेजुङमा पत्रकार आचारसंहिता तथा