ताप्लेजुङ, पुस १९ गते । ताप्लेजुङमा आज विद्युत सेवा अवरुद्ध हुने भएको छ । आज बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म जिल्ला भरीनै विद्युत सेवा अवरुद्ध हुने भएको हो ।
अमरपुर सबस्टेसनमा १३२ र ३३ केभी २४ एमभिए ट्रान्सफर्मरमा तेल थप्ने कार्य साथै सिटी मर्मत कार्य गरिने भएको हुँदा विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण ताप्लेजुङ वितरण केन्द्रले जानकारी दिएको छ ।
साथै यसै समयमा अमरपुरदेखि हिटीसम्म आएको ३३ केभी लाइनको बुस कटिङ समेत हुने केन्द्रले जनाएको छ ।






प्रतिक्रिया