प्रथम मानाभारा गोल्डकप : उपाधिका लागि आज माछापोखरी र लालीगुराँस भिड्दै



ताप्लेजुङ, पुष १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजेनिममा जारी प्रथम मानाभारा गोल्डकपको उपाधिका लागि माछापोखरी हिटी क्लब चाँगे र लालीगुराँस स्र्पोटिङ युवा क्लब सुरुङ्खिमबीच प्रतिष्पर्धा हुने भएको छ । आज हुने फाइनल खेलमा उपाधिका लागि माछापोखरी र लालीगुराँसबिच प्रतिष्पर्धा हुने भएको हो । 

शुक्रबार सम्पन्न भएको पहिलो सेमिफाइनल खेलमा माछापोखरीले जनसेवा आर्दश स्र्पोटिङ क्लबलाई ७—१ गोलको फराकिलो अन्तरले पाखा लगाउँदै फाइनलमा स्थान पक्का गरेको हो । त्यस्तै शुक्रबार नै सम्पन्न भएको दोश्रो सेमिफाइनल खेलमा लालीगुराँसले नवप्रयास युथ क्लब हाङ्देवालाई ७–६ गोलअन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो । 

खेलको निर्धारित समयमा दुबै टिमले समान १—१ गोलको बराबरी खेलेपछि पेनाल्टी सुटआउटबाट खेलको नतिजा निकाल्ने प्रयास गरिए पनि त्यो सफल हुन सकेन । पेनाल्टी सुटआउटमा पनि दुबै टिमले समान ४–४ गोल गरे । त्यसपछि खेलको नतिजा सडनडेथबाट निकालिएको हो । 

प्रतियोगिताको विजेताले नगद ३ लाख २ हजार ८२ रुपियाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । यस्तै उपविजेतालाई नगद १ लाख ५२ हजार ८२ रुपियाँ सहित ट्रफी, मेडल र प्रमाण पत्रको व्यवस्था गरिएको क्लबका सचिव अन्छङ्बोले बताउँनुभयो । साथै विभिन्न विधामा सर्वोत्कृष्ट बन्ने खेलाडीलाई समेत उचित नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

स्थानीय स्तरमा उत्पादित प्रमुख नगदे बाली अलैँचीको प्रवर्द्धन साथै विश्वमा छरिएर रहनु भएका लिम्बू जातिको शिर उठाउने ठाउँ ‘नाहाङ्मा–यक’ र गडीडाँडाको संरक्षण तथा प्रचार प्रसारका लागि गोल्ड कपको आयोजना गरिएको क्लबका संरक्षक विकास साम्रा रविनले जानकारी दिनुभयो ।

प्रकाशित मिति : 5:56 am

ताप्लेजुङमा आज बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने 

ताप्लेजुङ, पुस १९ गते । ताप्लेजुङमा आज विद्युत सेवा अवरुद्ध

प्रथम मानाभारा गोल्डकप : उपाधिका लागि आज माछापोखरी र लालीगुराँस भिड्दै

ताप्लेजुङ, पुष १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजेनिममा जारी

प्रथम मानाभारा गोल्डकपः फाईनलमा माछापोखरी हिटी र लालिगुराँस भिड्ने

रेडियो काबेलीताप्लेजुङ । सिदिङवा गाउँपालिका सुरुङ्खिको लालिगुराँस युथ क्लब र

ताप्लेजुङ बहुउद्देश्यीय सहकारीको बचत आर्थिक वर्ष २०८१/८२ मा झण्डै ६२ लाख 

ताप्लेजुङ, पुस १८ गते । ताप्लेजुङ बहुउद्देश्यीय सहकारी संस्थाले आर्थिक

पाथीभरा (मुक्कुमलुङ)मा निर्माणधीन केबुलकार विरुद्ध फेरी आन्दोलनको घोषणा

ताप्लेजुङ, पुस १८ गते । ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ)मा निर्माण भइरहेको