ताप्लेजुङ बहुउद्देश्यीय सहकारीको बचत आर्थिक वर्ष २०८१/८२ मा झण्डै ६२ लाख 



ताप्लेजुङ, पुस १८ गते । ताप्लेजुङ बहुउद्देश्यीय सहकारी संस्थाले आर्थिक वर्ष २०८१/८२ मा झण्डै ६२ लाख रुपियाँ बचत गरेको छ । सहकारी संस्थाले शुक्रबार २५ औं वार्षिक साधारणसभा मार्फत ९१ लाख ९८ हजार ५ सय १४ रुपियाँ बचत रहेको जानकारी गराएको हो ।

ताप्लेजुङकै पुरानो र प्रतिष्ठित मानिएको सहकारी संस्थाले आव २०८१/८२ मा ८ करोड २ लाख ९२ हजार २१ रुपियाँ आम्दानी गरेको साधारण सभा मार्फत आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुहुँदै सहकारीका कोषाध्यक्ष खड्गबहादुर मोक्तान जानकारी दिनुभयो । 

उहाँका अनुसार जसमा ७ करोड ३४ लाख ८ हजार ७ सय ८३ रुपियाँ खर्च भएको छ । सहकारीले उक्त आर्थिक वर्षमा ७ करोड ८ लाख ८ हजार रुपियाँ आम्दानी हुने अनुमान गरेको थियो  । चालु आर्थिक बर्ष २०८२/२०८३ का लागि भन सहकारीले ८ करोड ३९ लाख ८ हजार रुपियाँ आम्दानी गर्ने अनुमान गरेको छ ।

 साधारणसभा मार्फत अध्यक्ष टामन सिग्देलले सहकारी संस्थाप्रति सदस्यहरूको अटुट विश्वास रहेको बताउँदै शेयर रकम ३ करोड ८७ लाख ८८ हजार २ सय रुपियाँ रहेको जानकारी दिनुभयो  । उहाँका अनुसार सहकारीको  बचत रकम भने १५ करोड ६० लाख ७७ हजार ७ सय २३ रुपियाँ हेको छ । 

यस्तै सहकारीले साधारण सभाको अवसरमा विभिन्न शेयरधनिहरुलाई पुरस्कृत समेत गरेको छ । 
 
 

प्रकाशित मिति : 4:24 pm

ताप्लेजुङ बहुउद्देश्यीय सहकारीको बचत आर्थिक वर्ष २०८१/८२ मा झण्डै ६२ लाख 

ताप्लेजुङ, पुस १८ गते । ताप्लेजुङ बहुउद्देश्यीय सहकारी संस्थाले आर्थिक

पाथीभरा (मुक्कुमलुङ)मा निर्माणधीन केबुलकार विरुद्ध फेरी आन्दोलनको घोषणा

ताप्लेजुङ, पुस १८ गते । ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ)मा निर्माण भइरहेको

मानाभरा गोल्डकप : आज सेमिफाइनलका खेल हुँदै

ताप्लेजुङ, पुस १८ गते । फक्ताङ्लुङ गाउँपालिका–२ खेजेनिममा जारी मानाभरा

मानाभरा गोल्डकप : लिङ्तेपलाई पराजित गर्दै हाङ्देवा सेमिफाइनलमा 

ताप्लेजुङ, पुस १७ गते । नवप्रयास युथ क्लब हाङ्देवा फक्ताङ्लुङ

ताप्लेजुङ गोल्ड कपलाई ५ लाख बढी नाफा 

ताप्लेजुङ, पुस १७ गते । लाखेजात्रा सञ्चालन समितिले तेश्रो संस्करणको