ताप्लेजुङ गोल्ड कपलाई ५ लाख बढी नाफा 



ताप्लेजुङ, पुस १७ गते । लाखेजात्रा सञ्चालन समितिले तेश्रो संस्करणको ताप्लेजुङ गोल्ड कपबाट पाँच लाख रुपियाँ बढी नाफा भएको छ । गत साउन २४ गतेदेखी ३१ गते सम्म फुङ्लिङमा सम्पन्न भएको अन्तर्राष्ट्रिय आमन्त्रण तेश्रो ताप्लेजुङ गोल्ड कप प्रतियोगिताबाट पाँच लाख १७ हजार ३२७ रुपियाँ रकम बचत भएको हो ।

बिहीवार समितिको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त रकम बचत भएको कोषाध्यक्ष दावा शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा ९१ लाख ४८ हजार २७६ रुपियाँ रकम सङ्कलन भएको छ । विभिन्न व्यक्ति तथा सङ्घ संस्थाबाट सङ्कलन भएको उक्त रकम मध्ये ८७ लाख ९४९ रुपियाँ खर्च भएको छ ।

नौ स्थानीय तह रहेको जिल्लाका छ पालिका सँग भएको सम्झौता बमोजिमको रकम प्राप्त हुन बाँकी रहेको अध्यक्ष सागर मादेनले बताउनुभयो । उहाँका अनुसार पाथीभरा याङ्वरक, फक्ताङ्लुङ, सिरिजङ्घा, आठराई त्रिबेणी, मेरिङ्देन र मैवाखोला गाउँपालिकाबाट रकम प्राप्त हुन बाँकी रहेको छ । यी पालिकाबाट सहयोग प्राप्त भए बचत रकम करिब १० लाख भन्दा माथी पुग्ने समितिले जनाएको छ ।

समितिले टिकट बिक्रीबाट २० लाख रुपियाँ आम्दानी गरेको छ । पहिलो पटक समितिले टिकट बिक्रीका लागि ठेक्का प्रकृयामार्फत २० लाख रुपियाँमा सम्झौता गरेको थियो । त्यस्तै प्रतियोगिता सम्पन्न गर्नका लागि तमोर इनर्जी प्रा। लि।ले पहिलो पुरस्कार बापतको रकम सहयोग गतेको बताइएको छ । पाथीभरा क्षेत्र विकास समितिले छ लाख ८९ हजार ५००, फुङ्लिङ नगरपालिकाले पाँच लाख ९५ हजार रुपियाँ सहयोग प्राप्त गरेको समितिको विवरणमा उल्लेख छ ।

भारतको एक टीम सहित ८ ओटा सहभागी भएको गोल्डकपको उपाधि सलहेश युवा क्लबले हात पारेको थियो भने उपविजेता चर्च ब्वाइज क्लब भएको थियो । विजेता सलहेशले नगद सात लाख दुई हजार ८२ रुपियाँ र उपविजेता चर्च ब्वाइजले तीन लाख ५० हजार ८२ रुपियाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेका थिए ।

समितिले विधागत पुरस्कार तथा बिजेता-उपबिजेताको लागि ११ लाख ६० हजार ६४४ रुपियाँ खर्च गर्दा खेलाडी व्यवस्थापनका लागि १९ लाख ५० हजार ७०० रुपियाँ खर्चिएको छ । त्यस्तै दर्शकलाई व्यवस्थापनको लागि निर्माण गरिएको प्याराफिटमा आठ लाख ७८ हजार १५० रुपियाँ खर्च भएको समितिले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

प्रकाशित मिति : 5:16 pm

मानाभरा गोल्डकप : लिङ्तेपलाई पराजित गर्दै हाङ्देवा सेमिफाइनलमा 

ताप्लेजुङ, पुस १७ गते । नवप्रयास युथ क्लब हाङ्देवा फक्ताङ्लुङ

ताप्लेजुङ गोल्ड कपलाई ५ लाख बढी नाफा 

ताप्लेजुङ, पुस १७ गते । लाखेजात्रा सञ्चालन समितिले तेश्रो संस्करणको

आज सुन तोलामा १ हजार ४ सय रुपैयाँले घट्यो

ताप्लेजुङ, पुस १७ गते । पुस १३ गते कीर्तिमान बनेको

सानिमा मिडल तमोर जलविद्युतको उत्पादन तीन सातादेखि ठप्प 

ताप्लेजुङ, पुस १७ गते । ७३ मेगावट क्षमताको सानिमा मिडल

ताप्लेजुङको सुकेटार विमानस्थलमा हवाई उडान थप

ताप्लेजुङ, पुस १७ गते । ताप्लेजुङको सुकेटार विमानस्थलमा हवाई उडान