ताप्लेजुङ, पुस १७ गते । पुस १३ गते कीर्तिमान बनेको सुनचाँदीको भाउमा लगातार गिरावट आएको छ । सुन आज तोलामा १ हजार ४०० रुपैयाँले घटेको छ भने चाँदी तोलामा ५५ रुपैयाँले घटेको छ ।
सुन आज १ हजार ४०० रुपैयाँले घटेर तोलाको २ लाख ५९ हजार ६ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ १ हजार १ सय रुपैयाँले घटेर तोलाको २ लाख ६१ हजार रुपैयाँ थियो । अस्ति पनि सुनको भाउ तोलामा ७ हजार ९ सय रुपैयाँले घटेर तोलाको २ लाख ६२ हजार १ सय रुपैयाँ थियो ।
यस्तै आज चाँदीको भाउ ५५ रुपैयाँले घटेर तोलाको ४ हजार ४ सय १५ रुपैयाँमा कारोवार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलामा १ सय २० रुपैयाँले घटेर ४ हजार ४ सय ७० रुपैयाँ थियो । अस्ति पनि चाँदी तोलामा ३ सय ५ रुपैयाँले घटेर तोलाको ४ हजार ५ सय ९० रुपैयाँ थियो ।






प्रतिक्रिया