ताप्लेजुङको सुकेटार विमानस्थलमा हवाई उडान थप



ताप्लेजुङ, पुस १७ गते । ताप्लेजुङको सुकेटार विमानस्थलमा हवाई उडान थप भएको छ । सातामा दुई दिनमात्र उडान भइरहेको सुकेटार एयरपोर्टमा पुनः एक दिन तालिका थप भएको हो ।

नेपाल वायु सेवा निमग कार्यालय ताप्लेजुङका स्टेसन इन्चार्ज नारायण कुमार कार्कीका अनुसार आगामी सातादेखि काठमाडौँ–ताप्लेजुङ–काठमाडौँका लागि बुधबार समेत उडान हुने गरी नयाँ तालिका प्राप्त भएको छ । यसअघि सातामा दुई वटा मात्र उडान हुँदै आइरहेको थियो । अब साताको सोमबार, बुधबार र शुक्रबार गरी तीन पटक उडान हुने भएको छ ।

यात्रुको चापलाई मध्यनजर गर्दै उडान तालिका थप गरिएको कार्यालयले जनाएको छ । केन्द्रीय कार्यालयबाट जनवरी महिना भरिका लागि बुधबार समेत उडान हुने गरी तालिका प्राप्त भएको इञ्चार्ज कार्कीको भनाइ छ । विगतका वर्षहरुमा विराटनगर–ताप्लेजुङ–विराटनगर समेत उडान हुने गरेको थियो । हाल यो उडानका लागि भने कुनै निर्णय भइनसकेको कार्यालयले जनाएको छ ।

ताप्लेजुङबाट काठमाडौँसम्मका लागि हाल नौ हजार ४०३ रुपियाँ भाडा दर तोकिएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : 11:23 am

ताप्लेजुङमा मतगणनास्थल तयार

ताप्लेजुङ, फागुन २० गते । ताप्लेजुङमा प्रतिनिधिसभा निर्वाचनको मतगणनाको लागि

ताप्लेजुङमा मतदानको तयारी पूरा

ताप्लेजुङ, फागुन २० गते । विहीबार हुने प्रतिनिधि सभा निर्वाचनका

पाथीभरा दर्शन गर्न आएका वृद्ध बेपत्ता

ताप्लेजुङ, फागुन १७ गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरको दर्शनका

ओलीका लागी भोट माग्न योगेश झापा प्रस्थान

ताप्लेजुङ, फागुन १६ गते । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराई

ताप्लेजुङमा मादक पदार्थ बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध

ताप्लेजुङ, फागुन १५ गते । ताप्लेजुङमा मादक पदार्थ बिक्री वितरण