पदम बहादुर स्मृति फुटबल प्रतियोगिताको उपाधि साथीभाइलाई 



ताप्लेजुङ, पुस १६ गते ।  दोस्रो संस्करणको स्वर्गीय पदमबहादुर गुरुङ स्मृति पुरुष फुटबल प्रतियोगिताको उपाधि साथीभाइ सामाजिक युवा क्लब फुङ्लिङले हात पारेको छ।  तमु ल्होसार पर्व २०८२ को अवसरमा फुङ्लिङ स्थित लक्ष्मीटारमा मङ्गलबार भएको फाइनल खेलमा आयोजक ‘बी’लाई ३–० ले हराउँदै साथीभाइले उपाधि हात पारेको हो ।  

सोमबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा ताप्लेजुङ पुलिस क्लब विरुद्ध ४–० गोल अन्तरको जित निकाल्दै साथीभाइ फाइनल पुगेको थियो । यस्तै अन्तिम सेमिफाइनल खेलमा आयोजक ’बि’ ले टाइब्रेकरमा गोर्खाली स्पोर्टिङ क्लब मेलुङलाई पराजित गरी आयोजकले फाइनलमा साथीभाइसँगको भेट पक्का गरेको हो । 

प्रतियोगिताको विजेता बने सँगै साथीभाइले नगद १ लाख १५ हजार रुपियाँ सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । यस्तै उपविजेता आयोजकले भने नगद  ५५ हजार रुपियाँ सहित ट्रफी मेडल र प्रमाण पत्रमा चित्त बुझाउनु बुझाएको छ ।


 

प्रकाशित मिति : 6:35 am

पाथीभरामा हिमपात

ताप्लेजुङ, फागुन १२ गते । ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा

आज ग्याल्पो ल्होसार : सार्वजनिक बिदा

ताप्लेजुङ, फागुन ६ गते । शेर्पा समुदायले आज विभिन्न कार्यक्रम

साउदीको रियादमा १०औँ सगरमाथा गोल्डकप आयोजना हुँदै

काठमाडौँ । साउदी अरबको राजधानी रियाद मा १०औँ संस्करणको ‘सगरमाथा

ताप्लेजुङको आवाज बन्ने छु : क्षितिज थेबे

ताप्लेजुङ, फागुन ४ गते । आगामी फागुन २१ गते हुने

डिजिटल वक्तृत्वकलामा विद्वता पोखरेल प्रथम

ताप्लेजुङ, फागुन २ गते । ताप्लेजुङको पाथिभरा बहुमुखी क्याम्पसमा सञ्चालन