ताप्लेजुङ, पुस १६ गते । दोस्रो संस्करणको स्वर्गीय पदमबहादुर गुरुङ स्मृति पुरुष फुटबल प्रतियोगिताको उपाधि साथीभाइ सामाजिक युवा क्लब फुङ्लिङले हात पारेको छ। तमु ल्होसार पर्व २०८२ को अवसरमा फुङ्लिङ स्थित लक्ष्मीटारमा मङ्गलबार भएको फाइनल खेलमा आयोजक ‘बी’लाई ३–० ले हराउँदै साथीभाइले उपाधि हात पारेको हो ।
सोमबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा ताप्लेजुङ पुलिस क्लब विरुद्ध ४–० गोल अन्तरको जित निकाल्दै साथीभाइ फाइनल पुगेको थियो । यस्तै अन्तिम सेमिफाइनल खेलमा आयोजक ’बि’ ले टाइब्रेकरमा गोर्खाली स्पोर्टिङ क्लब मेलुङलाई पराजित गरी आयोजकले फाइनलमा साथीभाइसँगको भेट पक्का गरेको हो ।

प्रतियोगिताको विजेता बने सँगै साथीभाइले नगद १ लाख १५ हजार रुपियाँ सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । यस्तै उपविजेता आयोजकले भने नगद ५५ हजार रुपियाँ सहित ट्रफी मेडल र प्रमाण पत्रमा चित्त बुझाउनु बुझाएको छ ।






प्रतिक्रिया