माछापोखरी हिटी क्लब मानाभारा गोल्डकपको सेमिफाइनलमा प्रवेश



ताप्लेजुङ, पुष १५ गते । आठराई त्रिवेणी गाउँपालिकाको चाँगे माछापोखरी हिटी क्लबले विजयी सुरुआत गर्दै प्रथम मानाभारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । मङ्गलबारबाट सुरु भएको उद्‌घाटन खेलमा आयोजक मानाभारा युथ स्पोर्टिङ क्लबलाई टाइब्रेकरमा ५–३ गोलअन्तरले पराजित गर्दै चाँगे सेमिफाइनलमा प्रवेश गरेको हो ।

निर्धारित समयमा २–२ गोलको बराबरी भएपछि निर्णय टाइब्रेकरबाट लिइएको हो । आयोजकका कप्तान मनराज लिम्बूले खेलको ५१ औँ मिनेटमा गोल गर्दै अग्रता दिलाउनु भएको थियो । तर ५८ औँ मिनेटमा चाँगेका दिपेश श्रेष्ठले गोल गर्दै बराबरी गर्नुभयो । त्यस्तै पुन श्रेष्ठले ६० औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई २–१ गोलअन्तरले पछि पार्दै अघि बढेको ४ मिनेटपछि आयोजकका विवेक लिम्बूले गोल गरेर बराबरीमा रोक्न सफल हुनु भएको थियो ।

भोलि ९बुधवार० क्वार्टरफाइनलका दुई खेल हुनेछन् । पहिलो खेलमा सिँवा स्पोर्टिङ क्लब लिङ्खिम र सिदिङ्वा गाउँपालिका ७ सुरुम्खिमको लालीगुराँस फुटबल क्लबबीच खेल हुनेछ । यसैगरी, आमन्त्रित टोली लिखु भुजी युथ क्लब रामेछाप र मैवाखोला गाउँपालिकाको जनआदर्श स्पोर्टिङ क्लब ढुङ्गेसाँघुबीच दोश्रो खेलमा भिडन्त हुनेछ ।

मानाभारा युथ स्पोर्टिङ क्लबले आयोजना गरेको गोल्डकपको फाइनल खेल पुस १९ गते हुनेछ । प्रतियोगिताको विजेताले तीन लाख दुई हजार ८२ रुपियाँ र उपविजेताले एक लाख ५२ हजार ८२ रुपियाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र पाउने छन् । खेलको विभिन्न विधामा उत्कृष्ट बन्ने खेलाडीलाई समेत उचित नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : 8:24 pm

माछापोखरी हिटी क्लब मानाभारा गोल्डकपको सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ, पुष १५ गते । आठराई त्रिवेणी गाउँपालिकाको चाँगे माछापोखरी

प्रथम मानाभारा गोल्ड कप आजबाट : उद्घाटनमा आयोजक र माछापोखरी भिड्दै 

ताप्लेजुङ, पुस १५ गते ।  प्रथम मानाभारा गोल्ड कप आजबाट

पदम बहादुर स्मृति फुटबल प्रतियोगिता : उपाधिका लागि साथीभाइ र आयोजक भिड्दै

ताप्लेजुङ, पुस १५ गते । दोस्रो स्वर्गीय पदमबहादुर गुरुङ स्मृति

स्वेदश फर्किएर फुटबलमा होमिएका लहनलाई गृह जिल्लामा बधाई र सम्मानको ओईरो

एलिना दियालीताप्लेजुङ । खेलेर हुन्छ । पढ्न पर्छ । खेलेर

ताप्लेजुङको सिरिजंघामा भिरबाट लडेर एक जनाको ज्यान गयो

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङको सिरिजंघा गाउँपालिकामा भिरबाट लडेर एकजनाको ज्यान